33
मोशा र हारूनको नेतृत्वमा इस्राएलका मानिसहरूले तिनीहरूका हातहतियारसहितका समूहले मिश्रको भूमि छोडेपछि तिनीहरूको यात्रा विवरण यही हो ।2 परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिनीहरू कहाँबाट कहाँ गए भनी मोशाले लेखे । तिनीहरूका यात्राहरूको नालीबेली यी नै थिए ।3 तिनीहरूले पहिलो महिनाको पन्ध्रौँ दिनमा रामसेसबाट यात्रा गरे । निस्तार-चाडपछिको बिहान इस्राएलका मानिसहरूले मिश्रीहरूको सामु नै खुलमखुला मिश्र छोडे ।4 मिश्रीहरूले तिनीहरूका जेठा छोराहरूको दफन गरिरहँदा यो भएको थियो, जसलाई परमप्रभुले मार्नुभएको थियो, किनभने उहाँले तिनीहरूका देवतालाई पनि दण्ड दिनुभएको थियो ।5 इस्राएलका मानिसहरू रामसेसबाट निस्के र सुक्‍कोतमा छाउनी लगाए ।6 तिनीहरू सुक्‍कोतबाट हिँडे र मरुभूमिको छेउमा भएको एथाममा छाउनी हाले ।7 तिनीहरू एथामबाट हिँडे र पी-हहीरोततिर फर्के, जुन बाल-सेफोनको पारिपट्टि पर्छ, जहाँ तिनीहरूले मिग्दोलको पारिपट्टि छाउनी हाले ।8 त्‍यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बीचबाट हुँदै मरुभूमितिर लागे । तिनीहरूले एथामको मरुभूमिमा तीन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले ।9 तिनीहरू माराबाट हिँडे र एलीममा आइपुगे । एलीममा बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूख थिए । तिनीहरूले त्‍यहीँ नै छाउनी हाले ।10 तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले ।11 तिनीहरू लाल समुद्रबाट हिँडे र सीनको मरुभूमिमा छाउनी हाले ।12 तिनीहरू सीनको मरुभूमिबाट हिँडे र दोफकामा छाउनी हाले ।13 तिनीहरू दोफकाबाट हिँडे र आलूशमा छाउनी हाले ।14 तिनीहरू आलूशबाट हिँडे र रपीदीममा छाउनी हाले, जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन ।15 तिनीहरू रपीदीमबाट हिँडे र सीनैको मरुभूमिमा छाउनी हाले ।16 तिनीहरू सीनैको मरुभूमिबाट हिँडे र किब्रोथ-हत्तावामा छाउनी हाले ।17 तिनीहरू किब्रोथ-हत्तावाबाट हिँडे र हसेरोतमा छाउनी हाले ।18 तिनीहरू हसेरोतबाट हिँडे र रित्मामा छाउनी हाले ।19 तिनीहरू रित्माबाट हिँडे र रिम्मोन-फारेसमा छाउनी हाले ।20 तिनीहरू रिम्मोन-फारेसबाट हिँडे र लिब्‍नामा छाउनी हाले ।21 तिनीहरू लिब्‍नाबाट हिँडे र रिस्सामा छाउनी हाले ।22 तिनीहरू रिस्साबाट हिँडे र केहेलातामा छाउनी हाले ।23 तिनीहरू केहेलाताबाट हिँडे र शेपेर पर्वतमा छाउनी हाले ।24 तिनीहरू शेपेर पर्वतबाट हिँडे र हरादामा छाउनी हाले ।25 तिनीहरू हरादाबाट हिँडे र मखेलोतमा छाउनी हाले ।26 तिनीहरू मखेलोपबाट हिँडे र तहतमा छाउनी हाले ।27 तिनीहरू तहतबाट हिँडे र तेरहमा छाउनी हाले ।28 तिनीहरू तेरहबाट हिँडे र मित्कामा छाउनी हाले ।29 तिनीहरू मित्काबाट हिँडे र हशमोनामा छाउनी हाले ।30 तिनीहरू हशमोनाबाट हिँडे र मोसेरोतमा छाउनी हाले ।31 तिनीहरू मोसेरोतबाट हिँडे र बने-याकानमा छाउनी हाले ।32 तिनीहरू बने-याकानबाट हिँडे र होर-हगिदगादमा छाउनी हाले ।33 तिनीहरू होर-हगिदगादबाट हिँडे र योतबातामा छाउनी हाले ।34 तिनीहरू योतबाताबाट हिँडे र अब्रोनामा छाउनी हाले ।35 तिनीहरू अब्रोनाबाट हिँडे र एस्योन‍-गेबेरमा छाउनी हाले ।36 तिनीहरू एस्योन‍-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले ।37 तिनीहरू कादेशबाट हिँडे र एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले ।38 हारून परमप्रभुको आज्ञामा होर पर्वतमाथि गए र इस्राएलका मानिसहरू मिश्रबाट आएका चालीसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा त्‍यहाँ तिनको मृत्‍यु भयो ।39 हारूनको मृत्‍यु हुँदा तिनी १२३ वर्षका थिए ।40 कनानको भूमिको दक्षिणी मरुभूमिमा बस्‍ने अरादका कनानी राजाले इस्राएलका मानिसहरू आइरहेका छन् भन्‍ने सुने ।41 तिनीहरू होर पर्वतबाट हिँडे र सलमोनामा छाउनी हाले ।42 तिनीहरू सलमोनाबाट हिँडे र पूनोनमा छाउनी हाले ।43 तिनीहरू पूनोनबाट हिँडे र ओबोतमा छाउनी हाले ।44 तिनीहरू ओबोतबाट हिँडे र मोआबको सिमानामा पर्ने इयेअबारीममा छाउनी हाले ।45 तिनीहरू इयेअबारीमबाट हिँडे र दीबोनगादमा छाउनी हाले ।46 तिनीहरू दीबोनगादबाट हिँडे र अल्मोन-दिब्लातैममा छाउनी हाले ।47 तिनीहरू अल्मोन-दिब्लातैमबाट हिँडे र नेबोको अगिल्तिर अबारीम पर्वतमा छाउनी हाले ।48 तिनीहरू अबारीमबाट हिँडे र यरीहोमा यर्दन नजिकैको मोआबको मैदानमा छाउनी हाले ।49 तिनीहरूले यर्दनको किनारमा मोआबको मैदानमा बेथ-यशीमोतदेखि हाबिल-शित्तिमसम्मै छाउनी हाले ।50 परमप्रभु यरीहोमा यर्दन नदीको किनारमा मोआबको मैदानमा मोशासँग बोल्नुभयो,51 “इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, ‘जब तिमीहरू यर्दन तरेर कनानको मुलुकमा जान्‍छौ, तिमीहरूले तिमीहरू भन्‍दा अघि बस्‍ने सबै बासिन्‍दालाई धपाउनुपर्छ ।52 तिमीहरूले तिनीहरूका सबै कुँदिएका प्रतिमाहरू नष्‍ट गर्नुपर्छ । तिमीहरूले तिनीहरूका ढलौटे मूर्तिहरू र तिनीहरूका उच्‍च स्थानहरू नष्‍ट पार्नुपर्छ ।53 तिमीहरूले भूमिलाई कब्जा गर्नुपर्छ र यसमा बसोबास गर्नुपर्छ, किनभने मैले तिमीहरूलाई त्‍यो भूमि तिमीहरूको स्वामित्वमा दिएको छु ।54 तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ । ठूलो कुललाई भूमिको ठूलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ । कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्‍यो त्‍यही कुलको हुनेछ । तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्नेछौ55 तर यदि तिमीहरूले तिमीहरू भन्‍दा अघिका बासिन्‍दाहरूलाई धपाएनौ भने, तिमीहरूले बस्‍न दिएका मानिसहरू तिमीहरूका आँखाका कसिङ्‌गरहरू र जीउमा बिझेको काँढाहरूजस्ता हुनेछन् । तिनीहरूले तिमीहरू बसोबास गर्ने भूमिलाई कठिन बनाउनेछन् ।56 त्‍यसपछि मैले ती मानिसहरूलाई जे गर्ने अभिप्राय राखेको छु सो म तिमीहरूलाई पनि गर्नेछु’ ।”