29
“सातौँ महिनाको पहिलो दिनमा परमप्रभुको सम्मानमा तिमीहरूले एउटा पवित्र सभा राख्नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नु हुँदैन । यो तिमीहरूले तुरही फुक्ने दिन हुनेछ ।2 तिमीहरूले परमप्रभुको लागि सुगन्धित बास्नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट एउटा साँढे, एउटा भेडा र एक वर्षे सात वटा थुमा बलि चढाउनुपर्छ ।3 तिमीहरूले तिनीहरूलाई तिनीहरूका अन्नबलिसँग साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पीठो, भेडाको निम्ति एक पाथी,4 र हरेक सात वटा थुमाको निम्ति आधा पाथी चढाउनुपर्छ ।5 तिमीहरूले आफ्नो प्रायश्चितको निम्ति पापबलिको रूपमा एउटा बोका बलि चढाउनुपर्छ ।6 यी बलिहरू तिमीहरूले हरेक महिनाको पहिलो दिनमा चढाउने बलिदानहरूका अतिरिक्त सातौँ महिनामा चढाउनूः विशेष होमबलि र यससँगै अन्नबलि चढाउनू । यिनीहरू नियमित होमबलि, यसको अन्नबलि र यसको अर्घबलिको अतिरिक्त हुनुपर्छ । तिमीहरूले यी बलिहरू चढाउँदा तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाइने सुगन्धित बास्नाको निम्ति आज्ञा गरेको कुरा पालन गर्नेछौ ।7 सातौँ महिनाको दशौँ दिनमा तिमीहरूले परमप्रभुको सम्मानमा एउटा पवित्र सभा राख्नुपर्छ ।8 तिमीहरूले कुनै काम नगरी आफैलाई नम्र तुल्याउनुपर्छ । तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र एक वर्षे सात वटा थुमा चढाउनुपर्छ । तिनीहरू हरेक निष्खोट हुनुपर्छ ।9 तिमीहरूले साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पीठो, एउटा भेडाको निम्ति एक पाथी,10 र सात वटा थुमा हरेकको निम्ति आधा पाथी चढाउनुपर्छ ।11 तिमीहरूले एउटा बोकालाई पापबलिको रूपमा बलि चढाउनुपर्छ । यो नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त हुनेछ ।12 सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले परमप्रभुको सम्मानमा एउटा पवित्र सभा राख्नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नु हुँदैन, र तिमीहरूले उहाँको निम्ति सात दिनसम्म चाड मनाउनुपर्छ ।13 तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइएको बलिदान अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले तेह्र वटा साँढे, दुई वटा भेडा र चौध वटा एक वर्षे थुमाहरू चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।14 तिमीहरूले तिनीहरूसँगै हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पीठो, दुई वटा भेडाको निम्ति एक पाथी,15 र चौध वटा हरेक थुमाको निम्ति आधा पाथी अन्नबलिको रूपमा चढाउनुपर्छ ।16 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।17 सभाको दोस्रो दिनमा तिमीहरूले बाह्र वटा साँढे, दुई वटा भेडा र एक वर्षे चौध वटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।18 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिए जति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।19 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।20 सभाको तेस्रो दिनमा तिमीहरूले एघार वटा साँढे, दुई वटा भेडा र एक वर्षे चौध वटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।21 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिए जति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।22 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।23 सभाको चौथो दिनमा तिमीहरूले दश वटा साँढे, दुई वटा भेडा र एक वर्षे चौध वटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।24 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिए जति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।25 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।26 सभाको पाँचौ दिनमा तिमीहरूले नौ वटा साँढे, दुई वटा भेडा र एक वर्षे चौध वटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।27 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिए जति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।28 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।29 सभाको छैठौँ दिनमा तिमीहरूले आठ वटा साँढे, दुई वटा भेडा र एक वर्षे चौध वटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।30 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिए जति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।31 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।32 सभाको सातौँ दिनमा तिमीहरूले सात वटा साँढे, दुई वटा भेडा र एक वर्षे चौध वटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।33 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिए जति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।34 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।35 आठौँ दिनमा तिमीहरूले अर्को गम्भीर सभा राख्नुपर्छ । तिमीहरूले कुनै नियमित काम गर्नु हुँदैन ।36 तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र सात वटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।37 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिए जति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।38 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । तिमीहरूका तोकिएको चाडहरूमा तिमीहरूले यी परमप्रभुलाई चढाउनुपर्छ ।39 यी तिमीहरूका भाकल र स्वेच्छा बलिहरूको अतिरिक्त हुनुपर्छ । तिमीहरूले यिनीहरूलाई तिमीहरूका होमबलि, अन्नबलि, अर्घबलि र मेलबलिको रूपमा चढाउनुपर्छ ।40 परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा मोशाले इस्राएलका मानिसहरूलाई भने ।