19
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,2 “मैले तिमीहरूलाई आज्ञा गरिरहेको नियम, विधि यही होः इस्राएलका मानिसहरूले निष्खोट वा दाखरहित रातो कोरली ल्याउनुपर्छ भनी तिनीहरूलाई भन् जसको काँधमा कहिल्यै जुवा परेको हुनुहुन्न ।3 त्यो कोरली पूजाहारी एलाजारलाई दिनू । त्यसले यसलाई छाउनीबाहिर ल्याउनुपर्छ र कसैले यसलाई त्यसको सामु मार्नुपर्छ ।4 पूजाहारी एलाजारले यसको केही रगत त्यसको औँलाले लिएर भेट हुने पालको अघिल्तिर सात पटक छर्कनू ।5 अर्को पूजाहारीले उसैको सामु त्यो कोरलीलाई जनाउनुपर्छ । त्यसले यसको छाला, मासु, रगत र गोबरलाई जलाउनुपर्छ ।6 पूजाहारीले देवदारुको काठ, हिसप र गाढा रातो रङको ऊन लिनुपर्छ र यी सबैलाई जलिरेहेको कोरलीमाथि फाल्नुपर्छ ।7 त्यसपछि त्यसले आफ्नो लुगा धुनुपर्छ र नुहाउनुपर्छ । अनि त्यो छाउनीभित्र आउन सक्छ, जहाँ त्यो साँझसम्म अशुद्ध रहनेछ ।8 कोरली जलाउने व्यक्तिले आफ्नो लुगा पानीले धुनुपर्छ र नुहाउनुपर्छ । त्यो साँझसम्म अशुद्ध रहनेछ ।9 कोही शुद्ध मानिसले त्यो कोरलीको खरानीलाई उठाउनुपर्छ र त्यसलाई छाउनीबाहिर शुद्ध ठाउँमा राख्नुपर्छ । यो खरानी इस्राएलका मानिसको सामुदायको निम्ति राख्नुपर्छ । तिनीहरूले त्यो खरानीलाई तिनीहरूको पापबाट शुद्धीकरणको निम्ति पानीमा मिसाउनेछन्, किनभने त्यो खरानी पापबलिबाट लिइएको थियो ।10 त्यो कोरलीको खरानी बटुल्ने व्यक्तिले आफ्नो लुगा धुनुपर्छ । त्यो साँझसम्म अशुद्ध रहनेछ । यो इस्राएलका मानिस र तिनीहरूसँग बसोबास गर्ने परदेशीको निम्ति स्थायी नियम हुनेछ ।11 कुनै पनि मृत शरीर छुने व्यक्ति सात दिनसम्म अशुद्ध हुनेछ ।12 यस्तो व्यक्तिले तेस्रो र सातौँ दिनमा आफूलाई शुद्धीकरण गर्नुपर्छ । अनि त्यो शुद्ध हुनेछ । तर यदि त्यसले आफैलाई तेस्रो दिनमा शुद्ध पार्दैन भने, त्यो सातौँ दिनमा शुद्ध हुनेछैन ।13 जसले मरेको व्यक्ति छुन्छ अर्थात् मरेको मानिसको शरीर छुन्छ, र आफूलाई शुद्ध पार्दैन, त्यो व्यक्तिले परमप्रभुको पवित्र वासस्थान अवित्र तुल्याउँछ । त्यो व्यक्तिलाई इस्राएलबाट बहिष्कार गर्नुपर्छ, किनभने अशुद्धताको पानी त्यसमाथि छर्किएको थिएन । त्यो अशुद्ध रहेनछ; त्यसको अशुद्धता त्यसमाथि रहनेछ ।14 यो मानिस पालमा मर्दाको निम्ति नियम हो । पालभित्र पस्ने सबै र पहिले नै पालभित्र रहेका सबै सात दिनसम्म अशुद्ध हुनेछन् ।15 नछोपिएका सबै भाँडा अशुद्ध हुनेछन् ।16 त्यसै गरी, पालबाहिर तरवारले मारिएको, कुनै अरू मृत शरीर, मानिसको हड्डी वा चिहान छुने मानिस सात दिनसम्म अशुद्ध हुनेछ ।17 अशुद्ध व्यक्तिको निम्ति यसो गर्नूः जलाइएको पापबलिबाट केही खरानी लिनू र ताजा पानीसँग भाँडामा मिसाउनू ।18 कोही शुद्ध मानिसले हिसप लिनुपर्छ, यसलाई पानीमा डुबाउनुपर्छ र हड्डी, मारिएको व्यक्ति, मृत व्यक्ति वा चिहान छुने व्यक्तिहरू, पालभित्र भएका भाँडाहरूमाथि छर्कनुपर्छ ।19 तेस्रो र सातौँ दिनमा शुद्ध व्यक्तिले अशुद्ध व्यक्तिमाथि छर्कनुपर्छ । अशुद्ध व्यक्तिले सातौँ दिनमा आफैलाई शुद्ध पार्नुपर्छ । त्यसले आफ्नो लुगा धुनुपर्छ र नुहाउनुपर्छ । त्यो साँझमा शुद्ध हुनेछ ।20 तर आफूलाई शुद्धीकरण गर्न इन्कार गर्ने, अशुद्ध रहने व्यक्तिलाई समुदायबाट बहिष्कार गर्नुपर्छ, किनभने त्यसले परमप्रभुको पवित्रस्थानलाई अशुद्ध तुल्यायो । अशुद्धताको निम्ति पानी त्यसमाथि छर्किएको छैन; त्यो अशुद्ध रहनेछ ।21 यो यी परिस्थितिसम्बन्धी निरन्तरको नियम हुनेछ । अशुद्धताको निम्ति पानी छर्कने व्यक्तिले आफ्नो लुगा धुनुपर्छ । अशुद्धताको निम्ति पानी छुने व्यक्ति साँझसम्म अशुद्ध हुनेछ ।22 अशुद्ध व्यक्तिले छोएको सबै कुरा अशुद्ध हुनेछन् । यसलाई छुने व्यक्ति पनि साँझसम्म अशुद्ध हुनेछ ।”