15
परमप्रभुले मोशालाई भन्‍नुभयो,2 “इस्राएलका मानिसहरूलाई भन्, ‘जब तिमीहरू परमप्रभुले तिमीहरूलाई दिनुहुने भूमिमा बस्‍न जानेछौ, कि होमबलि कि भाकल पूरा गर्ने स्वइच्‍छा बलि कि3 तिमीहरूको चाडमा बलिदान गाईवस्तु वा भेडा-बाख्राबाट परमप्रभुको निम्ति प्रसन्‍न पार्ने सुगन्धित बास्‍नाको निम्ति तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदान तयार पर्नुपर्छ ।4 तिमीहरूले परमप्रभुको निम्ति एक लिटर तेलमा मुछेको आधा पाथी पीठोको अन्‍नबलिसाथै होमबलि चढाउनुपर्छ ।5 तिमीहरूले होमबलि वा बलिदानको निम्ति हरेक थुमाको निम्ति एक लिटर दाखमद्य पनि चढाउनुपर्छ ।6 यदि तिमीहरूले थुमा चढाइरहेका छौ भने, तिमीहरूले डेढ लिटर तेलमा मुछेको आधा पाथी पीठोलाई अन्‍नबलिको रूपमा तयार पार्नुपर्छ ।7 अर्घबलिको निम्ति तिमीहरूले डेढ लिटर दाखमद्य तयार पार्नुपर्छ । यसले परमप्रभुको निम्ति सुगन्धित बास्‍ना दिनेछ ।8 जब तिमीहरूले होमबलि वा भाकल पूरा गर्न बलिदानको रूपमा वा परमप्रभुको निम्ति मेलबलिको रूपमा साँढे तयार पार्छौ,9 तिमीहरूले साँढेसँगै दुई लिटर तेलमा मुछेको डेढ पाथी मसिनो पीठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ ।10 तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिको रूपमा दुई लिटर दाखमद्यको अर्घबलि चढाउनुपर्छ ।11 हरेक साँढे, थुमा र भेडा वा बाख्राको निम्ति यसो गर्नुपर्छ ।12 तिमीहरूले तयार पार्ने र चढाउने बलिदान यहाँ उल्लेख गरे जस्‍तै गर्नुपर्छ ।13 कसैले परमप्रभुलाई प्रसन्‍न तुल्याउने सुगन्धको निम्ति आगोद्वारा चढाइने बलिदान ल्याउँदा स्वदेशी इस्राएलीहरू सबैले यी कुराहरू यसबमोजिम गर्नुपर्छ ।14 यदि विदेशी तिमीहरूसँग बसोबास गरेको छ भने वा तिमीहरूका मानिसहरूको पुस्तौँसम्म तिमीहरूसँग बसोबास गर्न सक्छ, त्‍यसले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिदान चढाउनुपर्छ । त्‍यसले पनि तिमीहरूले गरेझैँ नै गर्नुपर्छ ।15 समुदायको निम्ति र तिमीहरूसँग बस्‍ने परदेशीको निम्ति एउटै नियम हुनुपर्छ, तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुनुपर्छ । तिमीहरूमाझ बस्‍ने परदेशी पनि तिमीहरू जस्‍तै हुनुपर्छ । परमप्रभुको सामु त्‍यसले तिमीहरूले जस्‍तै गर्नुपर्छ ।16 तिमीहरू र तिमीहरू माझ बस्‍ने परदेशीलाई एउटै नियम र आदेश लागु हुनुपर्छ’ ।17 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,18 “इस्राएलका मानिसहरूलाई भन्, ‘जब तिमीहरू मैले लैजाने भूमिमा आउँछौ,19 जब तिमीहरूले त्‍यस भूमिमा उत्पादन भएको खानेकुरा खान्‍छौ, तिमीहरूले बलिदान चढाउनुपर्छ र मेरो निम्ति यसलाई चढाउनुपर्छ ।20 आफ्नो मुछेको पहिलो पीठोबाट खलाबाट नै उठाइएको बलिदानको रूपमा यसलाई उठाउन एउटा रोटी चढाउनुपर्छ । तिमीहरूले यसलाई यसरी उठाउनुपर्छ ।21 तिमीहरूले तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म पहिले आफ्नो मुछेको पीठोबाट उठाइएको बलिदानको रूपमा मलाई चढाउनुपर्छ ।22 मैले मोशासँग बोलेका यी सबै आज्ञा तिमीहरूले पालन नगर्दा तिमीहरूले कहिलेकाहीँ नचाहेर पनि पाप गर्नेछौ ।23 मैले तिमीहरूलाई आज्ञाहरू दिन सुरु गरेको दिनदेखि नै र तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म मोशाद्वारा मैले आज्ञा गरेका सबै आज्ञाहरू पालन गर्नू ।24 समुदायले थाहा नपाई अजानमा गरेको पापको सवालमा परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति समुदायले एउटा साँढे होमबलिको रूपमा चढाउनुपर्छ । यहीसँगै आज्ञा गरे जस्‍तै अन्‍नबलि र अर्घबलिसाथै पापबलिको रूपमा बाख्रालाई पनि चढाउनुपर्छ ।25 पूजाहारीले सारा समुदायको निम्ति प्रायश्‍चित गर्नुपर्छ । तिनीहरूलाई क्षमा दिइनेछ, किनभने पाप गल्ती थियो । तिनीहरूले तिनीहरूको बलिदान अर्थात् आगोद्वारा चढाइने बलिदान ल्याएका छन् । तिनीहरूले आफ्नो गल्तीको निम्ति पापबलि ल्याएका छन् ।26 अनि इस्राएलका मानिसहरूका सबै समुदायलाई क्षमा दिइनेछ र तिनीहरूसँग बस्‍ने परदेशीलाई पनि क्षमा दिइनेछ, किनभने सबै मानिसहरूले अजानमा नै पाप गरे ।27 यदि कुनै मानिसले अजानमा पाप गर्छ भने, त्‍यसले एक वर्षे बाख्रीलाई पापबलिको रूपमा चढाउनुपर्छ ।28 अजानमा पाप गर्ने व्यक्तिको निम्ति पूजाहारीले प्रायश्‍चित गर्नुपर्छ । प्रायश्‍चित गरेपछि त्‍यस मानिसलाई क्षमा गरिनेछ ।29 अजानमा पाप गर्ने स्वदेशी इस्राएली मानिस र तिमीहरू माझ बसोबास गरेको परदेशीको निम्ति एउटै नियम हुनुपर्छ ।30 तर अवज्ञामा कुनै पनि कुरा गर्ने व्यक्ति स्वदेशी भए पनि परदेशी भए पनि त्‍यसले मेरो ईश्‍वर-निन्‍दा गर्छ । त्‍यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्कार गर्नुपर्छ ।31 किनभने त्‍यसले मेरो वचनलाई घृणा गरेको छ, त्‍यो व्यक्तिलाई पूर्ण रूपमा बिलकुलै बहिष्कार गर्नुपर्छ । त्‍यसको पाप त्‍यसैमाथि पर्नेछ’ ।32 इस्राएलका मानिसहरू मरुभूमिमा हुँदा तिनीहरूले शबाथ दिनमा दाउरा बटुलिरहेको मानिस भेट्टाए ।33 त्‍यसलाई भेट्टाउनेहरूले त्‍यसलाई मोशा, हारून र सारा समुदायकहाँ ल्याए ।34 तिनीहरूले त्‍यसलाई थुनामा राखे, किनभने त्‍यसलाई के गर्नुपर्छ भनी निधो गरिएको थिएन ।35 परमप्रभु मोशासँग बोल्नुभयो, “त्‍यो मानिस निश्‍चय नै मर्नुपर्छ । सबै समुदायले त्‍यसलाई छाउनी बाहिर लगेर ढुङ्‌गाले हान्‍नुपर्छ ।36 यसैले सबै समुदायले त्‍यसलाई छाउनी बाहिर ल्याए र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्‌गाले हानेर मारे ।37 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,38 “इस्राएलका सन्‍तानहरूलाई भन् र आफ्नो लुगाको किनाराहरूमा झुन्डाउन र तिनीहरू सबैलाई नीलो धागोले किनारामा झुन्डाउन झुम्का बनाउन तिनीहरूलाई आज्ञा गर् ।39 तिनीहरूले यो तिनीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म गर्नुपर्छ । यो तिमीहरूले यसलाई हेर्दा बहन गर्नुपर्ने मेरा सबै आज्ञा याद दिलाउने विशेष कुरा हुनेछ, ताकि तिमीहरूले आफ्नै हृदय र आफ्नै आँखामा हेरेर आफैलाई भ्रष्‍ट नतुल्याओ ।40 यसो गर् ताकि तिमीहरूले मेरा आज्ञाहरू याद गर्नेछौ र पालन गर्नेछौ अनि तिमीहरू पवित्र अर्थात् तिमीहरूका परमेश्‍वर मेरो निम्ति आरक्षित हुनेछौ ।41 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूका परमेश्‍वर हुनलाई मिश्र देशबाट ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।”