5
परमप्रभुले मोशालाई भन्‍नुभयो,2 “छालाको सरुवा रोग भएका सबै, धातुको रोग भएका सबै, लाश छोएर अशुद्ध भएका सबैलाई छाउनी बाहिर पठाउन इस्राएलका मानिसहरूलाई आज्ञा दे ।3 पुरुष होस् वा महिला, तैँले तिनीहरूलाई छाउनी बाहिर पठाउनुपर्छ । तिनीहरूले छाउनीलाई अशुद्ध तुल्याउनुहुँदैन, किनभने म यसमा बास गर्छु ।4 इस्राएलका मानिसहरूले यसै गरे । परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार तिनीहरूले तिनीहरूलाई छाउनी बाहिर पठाए ।5 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,6 “इस्राएलका मानिसहरूलाई भन् । जब पुरुष वा महिलाले मानिसहरूले आपसमा गर्ने यस्ता कुनै पाप गर्छन् र मप्रति बेइमान हुन्‍छ, त्‍यो व्यक्ति दोषी हुन्‍छ ।7 त्‍यसपछि त्‍यसले आफूले गरेको पाप स्वीकार गर्नुपर्छ । त्‍यसले आफू चुकेको मूल्य चुक्ता गर्नुपर्छ र पाँचौँ हिस्सा थप्‍नुपर्छ । यो त्‍यसले आघात पुर्‍याएको व्यक्तिकहाँ ल्याउनुपर्छ ।8 तर यदि अपमानमा परेको व्यक्तिको कुनै नजिकको नातेदार छैन भने, त्‍यसले आफ्नो प्रायश्‍चितको निम्ति एउटा थुमासँगै त्‍यसको दोषको निम्ति पूजाहारीद्वारा मूल्य मलाई तिर्नुपर्छ ।9 इस्राएलका मानिहरूका सबै भेटी र इस्राएलका मानिसहरूले पूजाहारीलाई ल्याएका र अलग गरेका थोकहरू त्‍यसको हुनेछ ।10 हरेक व्यक्तिका भेटीहरू पूजाहारीको निम्ति हुनेछ; यदि कसैले पूजाहारीलाई कुनै थोक दिन्‍छ भने, यो त्‍यसको हुनेछ ।11 फेरि, परमप्रभुले मोशालाई भन्‍नुभयो,12 “इस्राएलका मानिसहरूलाई भन् । ‘कुनै मानिसकी पत्‍नी बहकिन्‍छे र आफ्नो पतिको विरुद्ध पाप गर्छे ।13 त्‍यसपछि अर्को पुरुष त्‍यससँग सुत्छे । त्‍यस अवस्थामा त्‍यो अशुद्ध हुन्‍छे ।14 त्‍यसका पतिले यो नदेखे तापनि वा थाहा नै नपाए तापनि र त्‍यो कार्य गर्दा कसैले नपक्रे तापनि र त्‍यसको विरुद्ध कोही नभए तापनि, त्‍यसकी पत्‍नी अशुद्ध भएकी छे भन्‍ने डाहको आत्माले थाहा देला । तथापि पत्‍नी अशुद्ध नभएको हुँदा पनि डाहको गलत विचार आउन सक्ला ।15 यस अवस्थामा त्‍यो मानिसले आफ्नी पत्‍नीलाई पूजाहारीकहाँ ल्याउनुपर्छ । पतिले त्‍यसको तर्फबाट आवश्यक पर्ने बलिदान अर्थात् आधा पाथी जौको पीठो ल्याउनुपर्छ । उसले यसमा तेल हाल्नुहुँदैन र कुनै सुगन्धित मसला हाल्नुहुँदैन, किनभने यो डाहको अन्‍नबलि अर्थात् अपराध याद दिलाउनेको चढाइएको अन्‍नबलि हो ।16 पूजाहारीले त्‍यस स्‍त्रीलाई नजिक ल्याउनुपर्छ र त्‍यसलाई परमप्रभुको सामु राख्‍नुपर्छ ।17 पूजाहारीले पवित्र पानीको भाँडो लिनुपर्छ र पवित्र वासस्थानको भुइँबाट धूलो लिनुपर्छ । त्‍यसले त्‍यो धूलोलाई त्‍यो पानीमा हाल्नुपर्छ ।18 पूजाहारीले त्‍यो महिलालाई परमप्रभुको सामु खडा गर्नेछ र त्‍यसले त्‍यो महिलाका कपाल फुलाइदिनेछ । त्‍यसले त्‍यो सम्झनाको अन्‍नबलिलाई त्‍यसको हातमा राख्‍नेछ, जुन सन्‍देहको अन्‍नबलि हो ।19 पूजाहारीले श्राप ल्याउन सक्‍ने तीतो पानीलाई त्‍यसको हातमा राख्‍नेछ । पूजाहारीले त्‍यस महिलालाई शपथ खान लगाओस् र त्‍यसलाई यसो भनोस्, ‘यदि अरू कुनै पुरुषले तँसँग यौन सम्बन्ध राखेको छैन भने र यदि तँ बरालिएर गएको छैनस् र अपराध गरेको छैन भने, तँ श्राप ल्याउने यो तीतो पानीबाट मुक्त हुनेछस् ।20 तर यदि पतिको अधीनमा भएकी तँ बरालिएकी छस्, यदि तँ अशुद्ध भएकी छस् र यदि अरू कुनै पुरुष तँसँग सुतेको छ भने,21 पूजाहारीले त्‍यो महिलामाथि श्राप ल्याउन सक्‍ने शपथ खान लगाउनुपर्छ र त्‍यसले महिलालाई भनिरहोस्, ‘परमप्रभुले तँलाई श्रापित तुल्याउनुभएको होस् जुन तेरा मानिसहरूलाई देखाइनेछ । यदि परमप्रभुले तेरो जाँघ सुक्‍ने तुल्याउनुभयो र तेरो पेट सुनिने तुल्याउनुभयो भने, यसै होस् ।22 श्राप ल्याउने यो पानी तेरो पेटभित्र जानेछ र तेरो पेट सुनिनेछ र तेरो जाँघ सुक्‍नेछ ।’ त्‍यो महिलाले ‘हो, म दोषी छु भने यस्तै होस्’ भनी जवाफ दिनुपर्छ ।23 पूजाहारीले यी श्रापहरूलाई मुट्ठोमा लेख्‍नुपर्छ, र ती लेखिएका श्रापहरूलाई त्‍यो तीतो पानीमा धुनुपर्छ ।24 पूजाहारीले श्राप ल्याउने त्‍यो तीतो पानी त्‍यो महिलालाई पिउन लगाउनुपर्छ । त्‍यो पानी त्‍यसभित्र जानेछ र तीतो तुल्याउनेछ ।25 पूजाहारीले महिलाको हातबाट डाहको अन्‍नबलि लिनुपर्छ । उसले परमप्रभुको सामु अन्‍नबलिलाई डोलाउनुपर्छ र यसलाई वेदीमा ल्याउनुपर्छ ।26 पूजाहारीले अन्‍नबलिबाट एक मुट्ठी लिएर यसलाई वेदीमा जलाउनुपर्छ । त्‍यसपछि त्‍यसले महिलालाई त्‍यो तीतो पानी पिउन दिनुपर्छ ।27 त्‍यसले त्‍यसलाई पानी पिउन दिँदा त्‍यसले आफ्नो पति विरुद्ध पाप गरेकोले यदि त्‍यो अशुद्ध भएकी छे भने, त्‍यो श्राप ल्याउने पानी त्‍यसभित्र जानेछ र तीतो तुल्याउनेछ । त्‍यसको पेट फुलिनेछ र त्‍यसको जाँघ सुक्‍नेछ । त्‍यो महिला आफ्ना मानिसहरूबीच श्रापित हुनेछ ।28 तर यदि महिला अशुद्ध भएकी छैन भने र त्‍यो शुद्ध छे भने, त्‍यो स्वतन्‍त्र हुनेछे । त्‍यसले बालक जन्‍माउन सक्‍नेछे ।29 डाहको नियम यही हो । आफ्नो पतिबाट बरालिने र अशुद्ध हुने महिलाको नियम यही हो ।30 आफ्नी पत्‍नीप्रति डाही हुँदा डाहको आत्मा भएको पुरुषको निम्ति नियम यही हो । उसले महिलालाई परमप्रभुको सामु ल्याउनुपर्छ र पूजाहारी डाहको व्यवस्थाले वर्णन गरेका सबै थोक गर्नुपर्छ ।31 पुरुष आफ्‍नी पत्‍नीलाई पूजाहारीकहाँ ल्याएको दोषबाट मुक्त हुनेछ । महिलाले त्‍यसको कुनै पनि दोष भोग्‍नुपर्छ ।”