36
एसावका (जसलाई एदोम पनि भनिन्‍थ्यो) वंशहरू यसप्रकार थिए ।2 एसावले कनानीहरूबाट आफ्ना पत्‍नीहरू ल्याए । उनका पत्‍नीहरू यसप्रकार थिएः हित्ती एलोनकी छोरी आदा; हिव्‍वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा;3 र इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमत ।4 आदाले एसावबाट एलीपजलाई जन्‍माइन्, र बासमतले रूएललाई जन्‍माइन् ।5 ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्‍माइन् । कनान देशमा जन्‍मेका एसावका छोराहरू यी नै थिए ।6 एसावले आफ्ना पत्‍नीहरू, छोराछोरीहरू, र आफ्ना घरानाका सबै सदस्यहरू, आफ्ना पाल्तु पशुहरू, अनि कनान देशमा उनले प्राप्‍त गरेका सबै सम्पत्तिहरू लिएर आफ्नो भाइ याकूबबाट अलग्‍गै अर्को देशमा गए ।7 तिनीहरू सँगै बस्‍नको निम्ति तिनीहरूका सम्पत्ति ज्‍यादै धेरै भएकाले उनले यसो गरे । तिनीहरूका पाल्तु पशुहरूका कारण तिनीहरू बसिरहेका ठाउँले तिनीहरूलाई धान्‍न सकेन ।8 यसैकारण एसाव (जसलाई एदोम पनि भनिन्‍छ) सेइरको पहाडी देशमा बसोबास गरे ।9 सेइरको पहाडी देशमा एदोमीहरूका पूर्वज अर्थात् एसावका वंशहरू यसप्रकार थिए ।10 एसावका छोराहरूका नाम यिनै थिएः एसावकी पत्‍नी आदाका छोरा एलीपज; एसावकी पत्‍नी बासमतका छोरा रूएल ।11 एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, र कनज थिए ।12 एसावका छोरा एलीपजकी उपपत्‍नी तीम्‍नले अमालेकलाई जन्‍माइन् । एसावकी पत्‍नी आदाका नातिहरू यी नै थिए ।13 रूएलका छोराहरू यस प्रकार थिएः नहत, जेरह, शम्मा र मिज्‍जा । एसावकी पत्‍नी बासमतका नातिहरू यी नै थिए ।14 एसावकी पत्‍नी, अनाकी छोरी र सिबोनकी नातिनी ओहोलीबामाका छोराहरू यी नै थिए । तिनले एसावबाट येऊश, यालाम र कोरह जन्‍माइन् ।15 एसावका वंशहरूमा नजिकका घरानाहरू यिनै थिएः एसावका जेठा छोरा एलीपजका छोराहरूः तेमान, ओमार, सपो, कनज,16 कोरह, गाताम र अमालेक । एदोम देशमा एलीपजबाट जन्‍मेका नजिकका घरानाहरू यी नै थिए ।17 एसावका छोरा रूएलका नजिकका घरानाहरू यिनै थिएः नहत, जेरह,शम्मा र मिज्‍जा । एदोम देशमा रूएलबाट जन्‍मेका नजिकका घरानाहरू यी नै थिए । ती एसावकी पत्‍नी बासमतका नातिहरू थिए ।18 एसावकी पत्‍नी ओहोलीबामाबाट जन्‍मेका नजिकका घरानाहरू यी नै थिएः येऊश, यालाम र कोरह । अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाबाट जन्‍मेका नजिकका घरानाहरू यी नै हुन् ।19 एसावका छोराहरू यी नै थिए, र तिनीहरूका नजिकका घरानाहरू यी नै हुन् ।20 होरी सेइरका छोराहरू यी नै थिएः लोतान, शोबाल, सिबोन, अना,21 दीशोन, एसेर र दीशान जो त्‍यस देशका बासिन्‍दाहरू थिए । एदोमको देशमा सेइरबाट जन्‍मेका बासिन्‍दा होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।22 लोतानका छोराहरू होरी र हेमान थिए, र तीम्‍न लोतानकी बहिनी थिइन् ।23 शोबालका छोराहरू यिनै थिएः अल्बान, मानहत, एबाल, शपो र ओनाम ।24 सिबोनका छोराहरू यिनै थिएः अय्‍या र अना । आफ्ना बुबा सिबोनका गधाहरू चराउँदै गर्दा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने अना यिनी नै हुन् ।25 अनाका छोराछोरीहरू यी थिएः दीशोन र अनाकी छोरी ओहोलीबामा ।26 दीशोनका छोराहरू यी थिएः हेमदान, एश्‍बान, यित्रान र करान ।27 एसेरका छोराहरू यी थिएः बिल्हान, जावान र अकान ।28 दीशानका छोराहरू यी थिएः ऊज र आरान ।29 होरीहरूका नजिकका घरानाहरू यी थिएः लोतान, शोबाल, सिबोन, अना,30 दीशोन, एसेर र दीशान । सेइर देशमा तिनीहरूका नजिकका घरानाहरूको सूचीअनुसारका होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।31 इस्राएलीहरूमाथि कुनै राजाले शासन गर्नुअगि एदोम देशमा राज्‍य गर्ने राजाहरू यी नै थिए ।32 बओरका छोरा बेलाले एदोममा राज्‍य गरे, र उनको सहरको नाम दिन्हावा थियो ।33 बेलाको मृत्‍युपछि बोज्रामा बसोबास गर्ने जेरहका छोरा योबाबले उनको स्थानमा राज्‍य गरे ।34 योबाबको मृत्‍युपछि तेमानीहरूको देशमा बसोबास गर्ने हुशामले उनको स्थानमा राज्‍य गरे ।35 हुशामको मृत्‍युपछि बददका छोरा हददले उनको स्थानमा राज्‍य गरे जसले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरेका थिए । उनको सहरको नाम अवीत थियो ।36 हददको मृत्‍युपछि मास्रेकामा बसोबास गर्ने सम्लाले उनको स्थानमा राज्‍य गरे ।37 सम्लाको मृत्‍युपछि यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले उनको स्थानमा राज्‍य गरे ।38 शौलको मृत्‍युपछि, अक्बोरका छोरा बाल-हानानले उनको स्थानमा राज्‍य गरे ।39 अक्बोरका छोरा बाल-हानानको मृत्‍युपछि हदरले उनको स्थानमा राज्‍य गरे । उनको सहरको नाम पाऊ थियो । उनकी पत्‍नीको नाम महेतबेल थियो । तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन् ।40 एसावका वंशहरूबाट तिनीहरूका नजिकका घराना र क्षेत्रहरू, र तिनीहरूका नामहरूअनुसार नजिकका घरानाहरूका मुखियाहरूका नाम यी थिएः तीम्‍न, अल्वा, यतेत,41 ओहोलीबामा, एलाह, पीनोन,42 कनज, तेमान, मिब्सार,43 मग्दीएल र ईराम । तिनीहरूका देशमा तिनीहरूका बसोबासअनुसारका एदोमका नजिकका घरानाका मुखियाहरू यी नै थिए । एदोमीहरूका पिता एसाव यिनी नै थिए ।