15
यी सबै कुराहरू भएपछि दर्शनमा अब्रामकहाँ यसो भन्‍ने परमप्रभुको वचन आयो, “अब्राम, नडराऊ । म नै तेरो ढाल तेरो धेरै महान् इनाम हुँ ।2 अब्रामले भने, “हे परमप्रभु, तपाईंले मलाई के दिनुहुन्‍छ र ? किनभने म सनतानविहीन रहिरहेको छु र मेरो गरको उत्तराधिकार दमस्कसको एलीएजर हुनेछ ।3 अब्रामले भने, “हेर्नुहोस्, तपाईंले मलाई कुनै पनि सन्‍तान नदिनुभएको हुनाले मेरो घरको भण्डारे नै मेरो उत्तराधिकार हुन्‍छ ।4 हेर्नुहोस्, त्‍यसपछि यसो भन्‍ने परमप्रभुको वचन तिनीकहाँ आयो, “यो मानिस तेरो उत्तराधिकार हुनेछैन; तर तेरै शरीरबाट जन्‍मिने नै तेरो उत्तराधिकारी हुनेछ ।5 अनि उहाँले तिनलाई बाहिर ल्याउनुभयो र भन्‍नुभयो, “आकाशतिर हेर् र ताराहरूलाई गन्, यदि तैले तिनीहरूलाई गन्‍न सक्‍छस् भने ।” अनि उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्‍तानहरू पनि यस्तै हुनेछन् ।6 तिनले परमप्रभुमा विश्‍वास गरे र उहाँले यसलाई तिनको धार्मिकताको रूपमा गन्‍नुभयो ।7 उहाँले तिनलाई भन्‍नुभयो, “म परमप्रभु हुँ, जसले यो भूमि तँलाई दिन कल्दीहरूका ऊरबाट निकालेर ल्यायो ।8 तिनले उहाँलाई भने, “हे परमप्रभु परमेश्‍वर, मैले यो प्राप्‍त गर्नेछु भनी मैले कसरी थाहा पाउने नि ?”9 तब उहाँले तिनलाई भन्‍नुभयो, “मलाई तीन वर्षको एउटा कोरली, तीन वर्षको बाख्राको एउटा पाठी, तीन वर्षको एउटा थुमा, एउटा ढुकुर र एउटा परेवा ले ।10 तिनले ती सबै उहाँकहाँ ल्याए र तिनीहरूलाई दुई-दुई फ्याक गरेर काटे अनि हरेक फ्याकलाई आमनेसामने गरी राखे, तर पक्षीहरूलाईचाहिँ तिनले दुई फ्याक पारेनन् ।11 शिकारी चराहरू सिनोहरूमाथि झम्टिँदा अब्रामले तिनीहरूलाई धपाए ।12 घाम डुब्‍न लाग्दा अब्राम अब्राम मस्‍न निद्रामा परे र हेर, तिनलाई गाढा र डरलाग्दो अन्धकारले छोप्यो ।13 त्‍यपछि परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरा सन्‍तानहरू तिनीहरूको आफ्नो नभएको (अर्काको) मुलुकमा प्रवासी हुनेछन् र तिनीहरूलाई चार सय वर्षसम्‍म दास बनाइ‍नेछन् र अत्‍याचार गरिनेछन् ।14 तिनीहरूले सेवा गरेको देशको मैले न्‍यान गर्नेछु र त्‍यसपछि तिनीहरू प्रशस्‍त धन-सम्पत्तिहरूसहित निस्केर आउनेछन् ।15 तर तँचाहिँ तेरा पिता-पूर्खाहरूकहाँ शान्‍तिमा जानेछस् र तँलाई वृद्धावस्थामा दफन गरिनेछ ।16 तिनीहरू चौथो पुस्तामा फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्मको सिमा अझै पुगेको छैन ।17 सूर्य अस्ताउँदा र साँझ पर्दा, हेर, धूवाँ आइरहेको मकल र बलिरहेको आगोको ज्वाला ती फ्याकहरूका बीच भएर गयो ।18 त्‍यसै दिन परमप्रभुले यसो भनेर अब्रामसँग करार बाँध्‍नुभयो, “म तेरा सन्‍तानहरूलाई यसैद्वारा यो भूमि दिन्‍छु, जुन मिश्रदेखि महानदी अर्थात् युफ्रेटिससम्म छ -19 केनीहरू, कनज्‍जीहरू, कदोनीहरू,20 हित्तीहरू, परिज्‍जीहरू, रपाईहरू,21 एमोरीहरू, कनानीहरू, गिर्गाशीहरू र यबूसीहरूलाई दिन्‍छु ।”