11
अहिले सारा पृथ्‍वीमा एउटै भाषा थियो र शब्दहरू पनि उही थिए ।2 तिनीहरू पूर्वतिर जाँदा, तिनीहरूले शिनारको भूमिमा एउटा मैदान भेट्टाए र तिनीहरू त्‍यही बसे ।3 तिनीहरूले आपसमा भने, “आओ, ईंटहरू बनाऔँ र तिनीहरूलाई राम्ररी पलौँ ।” तिनीहरूसँग ढुङ्‌गाको सट्टामा ईंट थियो र हिलोको सट्टामा अलकत्रा थियो ।4 तिनीहरूले भने, “आओ, हाम्रो निम्ति एउटा सहर बनाऔँ र आकाश नै छुने एउटा धरहरा निर्माण गर्‍यौँ अनि नाउँ कमाऔँ । यदि हामीले यसो गरनौँ भने हामी सारा पृथ्वीभरि छरपष्‍ट हुनेछौँ ।5 यसैले परमप्रभु परमेश्‍वर आदमका सन्‍तानहरूले निर्माण गरेका त्‍यो सहर र धरहरा हेर्न तल आउनुभयो ।6 परमप्रभुले भन्‍नुभयो, “हेर, तिनीहरू एउटै भाषामा एउटै मानिसझैँ छन् अनि तिनीहरूले यसो गर्न सुरु गरिरहेका छन् । तिनीहरूले गर्न चाहेको कुनै पनि कुरा तिनीहरूको निम्ति असम्भव हुनेछैन ।7 आओ, हामी तल जाऔँ र तिनीहरूका भाषा खलबलाइ दिऔँ, ताकि तिनीहरू एउटाले भनेको अर्काले बुझ्‍न नसकून् ।8 यसैले परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्‍ट पार्नुभयो र तिनीहरूले त्‍यो सहर निर्माण गर्न छोडे ।9 यसकारण, यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्‍यहाँ सारा पृथ्वीको भाषा खलबलाउनुभयो अनि त्‍यहाँबाट नै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्‍ट पार्नुभयो ।10 यिनीहरू शेमका सन्‍तानहरू थिए । जलप्रलयको दुई वर्षपछि शेम सय वर्षको हुँदा तिनी अर्पक्षेदका पिता बने ।11 शेम अर्पक्षेदका पिता भएपछि तिनी पाँच सय वर्षसम्म बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए ।12 अर्पक्षद पैँतीस वर्षको हुँदा तिनी शेलहका पिता बने ।13 अर्पक्षद शेलहका पिता भएपछि तिनी ४०३ वर्ष बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए ।14 शेलह तीस वर्षका हुँदा तिनी एबेरला पिता बने ।15 शेलह एबेरका पिता भएपछि तिनी ४०३ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।16 एबेर तीस वर्षको हुँदा तिनी पेलेगका पिता बने ।17 पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।18 पेलेग तीस वर्षको हुँदा तिनी रऊका पिता बने ।19 रऊका पिता भएपछि पेलेग २०९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।20 रऊ बत्तीस वर्षको हुँदा तिनी सरूगका पिता भए ।21 सरूगका पिता भएपछि रऊ २०७ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।22 सरूग तीस वर्षको हुँदा तिनी नाहोरका पिता बने ।23 नाहोरका पिता भएपछि सरूग दुई सय वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।24 नाहोर उनन्‍तीस वर्षको हुँदा तिनी तेरहका पिता बने ।25 तेरहको पिता बनेपछि नाहोर ११९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।26 तेरह सत्तरी वर्षको हुँदा तिनी अब्राम, नाहोर र हारानका पिता बने ।27 तेरहका सन्‍तानहरू यिनीहरू थिए । तेरहस अब्राम, नाहोर र हारानका पिता भए अनि हारान लोतका पिता बने ।28 हारान तिनको पिता तेरहसको सामु नै तिनको जन्‍म थलो अर्थात् कल्दीहरूको ऊरमा मरे ।29 अब्राम र नाहोरले विवाह गरे र पत्‍नी ल्याए । अब्रामकी पत्‍नीको नाउँ साराई थियो र नाहोरकी पत्‍नीको नाउँ मिल्का थियो, तिनी हारानको छोरी थिइन् अनि हारान मिल्का र यिस्काका पिता थिए ।30 सारा बाँझी थिइन्; तिनको कुनै बालबच्‍चाहरू थिएनन् ।31 तेरहले तिनका छोरो अब्राम, हारानाका छोरो लोत र तिनकी बुहारी साराई अर्थात् तिनका छोरो अब्रामको पत्‍नीलाई लिए र कनानतिर जान तिनीहरू कल्दीहरूको ऊरतिर गए । तर तिनीहरू हारानमा आए र त्‍यहाँ नै बसे ।32 तेरह २०५ वर्ष बाँचे र तिनी हारानमा नै मरे ।