यूहन्‍नाको दोस्रो पत्र
1
एल्डरबाट चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई, जसलाई म सत्‍यतामा प्रेम गर्दछु- र मैले मात्र होइन तिनीहरू सबैले पनि प्रेम गर्छन् जसले सत्‍यता जानेका छन्-
2 हामीभित्र जुन सत्‍यता छ र हामीसँग सदासर्वदा रहनेछ त्‍यही सत्‍यताले गर्दा प्रेम गर्छौं ।
3 परमेश्‍वर पिता र येशू ख्रीष्‍ट अर्थात् पिताको पुत्रबाट हामीमा अनुग्रह, दया र शान्‍ति सत्‍यता र प्रेममा रहोस् ।
4 जसरी हामीले यो आज्ञा पिताबाट प्राप्‍त गर्‍यौँ त्‍यसरी नै तिम्रा केही छोराछोरीहरू सत्‍यतामा हिडेको मैँले भेट्टाएर म अति आनन्‍दित छु ।
5 अब हे महिला, म तिमीलाई बिन्‍ती गर्दछु- मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्‍तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो- कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
6 र प्रेम यो हो, कि हामी उहाँको आज्ञाहरूअनुसार हिड्नुपर्छ । तिमीले सुरुदेखि नै सुने जस्‍तै आज्ञा यही हो कि तिमी यसमा हिड्नुपर्छ ।
7 किनकि धेरै छलीहरू संसारमा गएका छन्, जसले येशू शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन् । यो नै छली र ख्रीष्‍ट विरोधी हो ।
8 आफैँलाई हेर, कि तिमीले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौँ, तर तिमीले पूरा इनाम पाउन सक ।
9 जो अगाडि बढिरहन्‍छ र ख्रीष्‍टको शिक्षामा रहँदैन त्‍यससँग परमेश्‍वर हुनुहुन्‍न । जो शिक्षामा रहन्‍छ योसँग पिता र पुत्र दुवै हुनुहुन्‍छ ।
10 यदि कोही तिमीकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्‍यसलाई तिम्रो घरमा स्वागत नगर र त्‍यसलाई अभिवादन पनि नगर ।
11 किनकि जसले त्‍यसलाई अभिवादन गर्छ त्‍यो त्‍यसको दुष्‍ट कामहरूमा सहभागी हुन्‍छ ।
12 मैले तिमीलाई धेरै कुराहरू लेख्‍नु छ, तर मैले ती कुराहरू कागज र मसीले लेख्‍ने इच्‍छा गरिन । तर पनि म तिमीकहाँ आउने आशा गर्छु, ताकि हाम्रो आनन्‍द पूर्ण होस् ।
13 तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन गर्छन् ।