2
यसकारण, सर्वप्रथम म आग्रह गर्दछु कि सबै मानिसहरूको निम्‍ति अनुरोधहरू, प्रार्थनाहरू, अन्‍तरबिन्‍तीहरू र धन्‍यवाद चढाइऊन्,
2 राजाहरूका लागि र अधिकारमा हुनेहरूका लागि पनि ताकि हामीले हरप्रकारले धार्मिक र मर्यादापूर्वक आदरणीय र शान्‍तिपूर्ण जीवन जिउन सकौँ ।
3 यो परमेश्‍वर हाम्रा मुक्तिदाताको सामु असल र ग्रहणयोग्य छ ।
4 उहाँले सबै मानिसहरू बाचून् र सत्‍यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्‍छ ।
5 किनभने परमेश्‍वर एकमात्र हुनुहुन्‍छ, मानिस र परमेश्‍वरको बीच केवल एकमात्र मध्‍यस्तकर्ता, मानिस ख्रीष्‍ट येशू हुनुहुन्‍छ ।
6 जसले आफैँलाई सबैका छुटकाराको मोलको स्वरूप दिनुभयो, जुन ठीक समयमा दिइएको थियो ।
7 यसै उद्देश्यसको लागी एक सन्‍देशवाहक बनाइएँ । म साँचो बोल्छु; म ढाँट्दिन । म विश्‍वास र सत्‍यतामा अन्‍यजातीहरूको शिक्षक हुँ ।
8 यसकारण, म सबै ठाउँमा पुरुषहरूले विना क्रोध र शंका, पवित्र हात उचाल्दै प्रार्थना गरेको चाहन्‍छु ।
9 यसै गरी म महिलाहरूले सरलता, भद्रता र आत्मसंयमताकासाथ वस्‍त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्‍त्र पहिरेर होइन,
10 तर महिलालाई सुहाउने भक्ति देकखाउने असल कामहारूद्वारा सुसज्‍जित होऊन ।
11 एउटा स्‍त्रीले सारा आज्ञापालन चुपचापसित सिकून् ।
12 म स्‍त्रीलाई सिकाउन र पुरुषमाथि अधिकार गर्न अनुमति दिन्‍न तर तिनी चुपचाप रहून् ।
13 किनभने आदम पहिले सृष्‍टि भएका थिए त्‍यसपछि हव्वा
14 र आदम छलिएका थिएन तर स्‍त्री पूर्ण रूपले अपराधमा छलिएकी थिइन् ।
15 तरै पनि, यदि तिनीहरू भद्रतासाथ विश्‍वास, प्रेम र पवित्र आत्मामा लागि रहे भने बालक जन्‍माउदा तिनीहरू बचाइनेछन् ।