58
ए शासकहरू हो, के तिमीहरू धार्मिकतामा बोल्छौ? ए मानिसहरू, के तिमीहरू ठीक किसमले न्‍याय गर्छौ ? 2 गर्दैनौ, तिमीहरू आफ्नो हृदयमा दुष्‍टता गर्छौ । तिमीहरू आफ्नै हातले देशभरि हिंसा फैलाउँछौ । 3 दुष्‍टहरू गर्भमा हुँदा पनि तिनीहरू पथभ्रष्‍ट हुन्‍छन् । जन्‍मेदेखि नै तिनीहरू झूट बोलेर पथभ्रष्‍ट हुन्‍छन् । 4 तिनीहरूका विष सर्पको विष जस्‍तै छ । तिनीहरू बहिरा गोमन जस्‍तै छन् जसले त्‍यसका कानहरू बन्‍द गर्छ, 5 त्‍यसले सपेराको आवाज सुन्‍दैन, तिनीहरू जति नै निपुण भए पनि पर्वाह छैन । 6 हे परमेश्‍वर, तिनीहरूका दाँतहरू भाँचिदिनुहोस् । हे परमप्रभु, जवान सिंहहरूका बङ्‌गाराहरू झारिदिनुहोस् । 7 पानी बगेर गए जस्‍तै तिनीहरू बिलाएर जाऊन् । तिनीहरूले आफ्ना काँडाहरू हान्‍दा, तिनका चुच्‍चो नभए जस्‍तै ती होऊन् । 8 तिनीहरू शङ्खे कीरा जस्‍तै होऊन् र बिलिएर जाऊन् र तिनीहरू एउटी स्‍त्रीको तुहेको बालक जस्‍तै होऊन् जसले कहिल्यै सूर्यको उज्‍यालो देख्दैन । 9 तिम्रा भाँडाहरूले काँढाको आगोको राप थाहा पाउनअघि नै हरिया काँढाहरू र जलिरहेका काँढाहरू जस्‍तै त्‍यसले तिनीहरूलाई भुमरीसँगै उठाइलानेछ । 10 धर्मीले परमेश्‍वरको बदला देख्दा, त्‍यो आनन्‍दित हुनेछ । तिनीहरूले आफ्ना खुट्टाहरू दुष्‍टहरूका रगतमा धुनेछन्, 11 जसले गर्दा मानिसहरूले भन्‍नेछन्, "साँच्‍चै, धर्मी व्यक्तिको निम्ति इनाम छ । साँच्‍चै, परमेश्‍वर हुनुहुन्‍छ जसले पृथ्वीको न्‍याय गर्नुहुन्‍छ ।"