12
हे परमप्रभु, मदत गर्नुहोस्, किनकि धर्मीहरू लोप भएका छन् । विश्वासीचाहिँ हराएको छ । 2 हरेकले आफ्ना छिमेकीलाई फोस्रा कुरा भन्छ । हरेकले चाप्लुसी ओठहरू र झूट मनले बोल्छ । 3 हे परमप्रभु, सबै चाप्लुसी ओठ, ठूला कुरा गर्ने हरेक जिब्रोलाई काट्नुहोस् । 4 यसो भन्ने यिनीहरू नै हुन्, "हाम्रो जिब्रोले नै हामीले जित्छौँ । जब हाम्रा ओठहरू बोल्छन्, तब हामीमाथि को मालिक हुन सक्छ र ? 5 परमप्रभु भन्नुहुन्छ, "गरीबको विरुद्धमा हिंसा, दरिद्रको सुस्केराले गर्दा म उठ्नेछु, म सुरक्षा प्रदान गर्नेछु जसको इच्छा तिनीहरू गर्छन् । 6 परमप्रभुका वचनहरू पृथ्वीको भट्टीमा सातपल्ट शुद्ध पारिएका चाँदीझैँ शुद्ध हुन्छन् । 7 तपाईं परमप्रभु हुनुहुन्छ । तपाईंले तिनीहरूलाई सुरक्षित राख्नुहुन्छ । तपाईंले धर्मी मानिसहरूलाई यो दुष्ट पुस्ताबाट र सदासर्वदा सुरक्षा दिनुहुन्छ । 8 मानवजातिका छोराछोरीहरूका माझमा खराब कुराको प्रशंसा हुँदा दुष्टहरू चारैतिर हिंड्डुल गर्छन् ।