35
अझै एलीहूले निरन्‍तर यसो भनिरहे,2 "जब तपाईं भन्‍नुहुन्‍छ, 'परमेश्‍वरको सामु मेरो अधिकार' तब त्‍यो न्‍यायोचित नै हो भन्‍ने विचार तपाईंलाई हुन्‍छ ?3 किनकि तपाईं सोध्‍नुहुन्‍छ, 'यसबाट मलाई के फाइदा हुन्‍छ ?' अनि 'मैले पाप गर्दा मलाई के असल हुन्‍छ र ?’4 म तपाईंलाई, तपाईं र तपाईंका मित्रहरू दुवैलाई जवाफ दिनेछु ।5 माथि आकाशमा हेर्नुहोस् र विचार गर्नुहोस् । आकाशलाई हेर्नुहोस्, जुन तपाईं भन्‍दा माथि छ ।6 तपाईंले पाप गर्नुभयो भने, परमेश्‍वरको के नोक्सान हुन्‍छ र ? तपाईंका अपराधहरूको थुप्रो लाग्यो भने, तपाईंले उहाँलाई के गर्नुहुन्‍छ र ?7 तपाईं धर्मी हुनुहुन्‍छ भने, तपाईंले उहाँलाई के दिन सक्‍नुहुन्‍छ र ? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्‍छ र ?8 जसरी तपाईं मानिस हुनुहुन्‍छ, तपाईंको दुष्‍ट कामले मानिसलाई नै चोट पुर्याउन सक्छ, र तपाईंको धार्मिकताले अर्को मानिसको छोरोलाई लाभ हुन सक्छ ।9 अत्‍याचारका धेरै कार्यहरूले मानिसहरू रुन्‍छन् । शक्तिशाली मानिसहरूका पाखुराको मदत तिनीहरूले माग्छन् ।10 तर कसैले यसो भन्‍दैन, 'मेरा सृष्‍टिकर्ता परमेश्‍वर कहाँ हुनुहुन्‍छ, जसले रातमा गीतहरू दिनुहुन्‍छ,11 जसले पृथ्वीका जन्‍तुहरूलाई भन्‍दा बढी हामीलाई सिकाउनुहुन्‍छ, र जसले आकाशका चराहरूलाई भन्‍दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्‍छ ?'12 त्‍यहाँ तिनीहरू कराउँछन्, तर दुष्‍ट मानिसहरूको अहंकारको कारण परमेश्‍वरले कुनै जवाफ दिनुहुन्‍न ।13 परमेश्‍वरले निश्‍चय नै दुष्‍टको पुकारा सुन्‍नुहुन्‍न । सर्वशक्तिमान्ले त्‍यसलाई ध्‍यानै दिनुहुन्‍न ।14 तपाईं भन्‍नुहुन्‍छ, तपाईंले उहाँलाई देक्‍नुहुन्‍न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला !15 अब तपाईं भन्‍नुहुन्‍छ, उहाँको क्रोधले दण्ड दिंदैन, र उहाँले अपराधलाई अलिकति पनि ध्‍यान दिनुहुन्‍न ।16 त्‍यसैले अय्‍यूबले मूर्ख कुरा बोल्न मात्र आफ्नो मुख खोल्नुहुन्‍छ । उहाँले ज्ञानविनाका शब्दहरूको थुप्रो लगाउनुहुन्‍छ ।"