19
तब अय्यूबले जवाफ दिए र भने,2 "कहिलेसम्म तपाईंहरूले मलाई दुःख दिनुहुन्छ, र वचनले मलाई टुक्राटुक्रा पार्नुहुन्छ ?3 यी दस पटक तपाईंहरूले मेरो अपमान गर्नुभएको छ । तपाईंहरूले मलाई कठोरतापूर्वक व्यवहार गरे पनि तपाईंहरू लाज मान्नुहुन्न ।4 मैले गल्ती गरेको कुरा वास्तवमा साँचो हो भने, मेरो गल्ती मेरो आफ्नै सरोकारको कुरो हो ।5 तपाईंहरूले आफूलाई म भन्दा माथि उचाल्नुहुन्छ, र मेरो तुच्छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्छ भने,6 तब तपाईंहरूले जान्नुपर्छ, परमेश्वरले मेरो हानि गर्नुभएको र मलाई आफ्नो पासोमा पार्नुभएको छ।7 हेर्नुहोस्, "हिंसा" भनेर म कराउँछु, तर मैले जवाफ पाउँदिन । मदतको लागि म पुकार्छु, तर त्यहाँ निष्पक्ष व्यवहार हुँदैन ।8 मेरो बाटोमा उहाँले पर्खाल लगाउनुभएको छ, यसैले म जान सक्दिनँ, अनि उहाँले मेरो मार्गमा अन्धकार राख्नुभएको छ ।9 उहाँले मेरो महिमा हटाउनुभएको छ, र उहाँले मेरो शिरको मुकुट हटाउनुभएको छ ।10 उहाँले मलाई चारैतिरबाट चूर पार्नुभएको छ, र लोप हुन्छ, उहाँले मेरो आशा रूखलाई झैं उखेल्नुभएको छ ।11 उहाँले मेरो विरुद्धमा आफ्नो क्रोध पनि दन्काउनुभएको छ । उहाँले मलाई आफ्ना शत्रुहरूमध्ये एक ठान्नुहुन्छ ।12 उहाँका फौजहरू सँगसँगै आउँछन् । तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्, र मेरो पालको चारैतिर छाउनी हाल्छन् ।13 उहाँले मेरा दाजुभाइलाई मबाट टाढा राख्नुभएको छ । मैले चिनजानकाहरू मबाट बिलकुल अलग रहन्छन् ।14 मेरा आफन्तहरू मबाट पछि हटेका छन् । मेरो घनिष्ठ मित्रहरूले मलाई बिर्सेका छन् ।15 मेरो घरमा कुनै बेला पाहुना भएर रहेकाहरू र दासीहरूले मलाई बिरोनो ठान्छन् । तिनीहरूको दृष्टिमा म अनौठो भएको छु ।16 म आफ्नो सेवकलाई बोलाउँछु, तर उसले मलाई जवाफ दिंदैन । मैले आफ्नै मुखले त्यसलाई बिन्ती गर्छु ।17 मेरो सास मेरी पत्नीलाई दुर्गन्धित लाग्छ । मेरै आमाको गर्भबाट जन्मेकाहरूले पनि मलाई घृणा गर्छन् ।18 सा-साना केटाकेटीले पनि मलाई तिरस्कार गर्छन् । म बोल्नलाई उठ्दा तिनीहरू मेरो विरुद्धमा बोल्छन् ।19 मेरा सबै परिचित मित्रहरूले मलाई घृणा गर्छन् । मैले प्रेम गरेकाहरू मेरो विरुद्धमा लागेका छन् ।20 मेरा हड्डीहरू मेरो छाला र मासुमा टाँसिन्छन् । म आफ्ना दाँतको छालाले मात्र बाँचेको छु ।21 मलाई दया गर्नुहोस्, हे मेरा मित्रहरू हो, मलाई दया गर्नुहोस्, किनकि परमेश्वरको हातले मलाई छोएको छ ।22 परमेश्वरले झैं तपाईंहरू किन मेरो खेदो गर्नुहुन्छ ? मेरो शरीरले तपाईंहरूलाई कहिल्यै सन्तुष्ट पार्छ र ?23 ओहो, मेरो वचनहरू यति बेला लेखिए त ! ओहो, ती एउटा पुस्तकमा लेखिए त !24 ओहो, फलामको कलम र छिनोले, सदाको लागि ती चट्टानमा खोपे त !25 तर मेरो बारेमा, मेरा उद्धारक जिउँदो हुनुहुन्छ, र अन्त्यमा उहाँ पृथ्वीमा खडा रहनुहुनेछ ।26 मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्वरलाई देख्नेछु ।27 मेरा आफ्नै आँखाले - अरू कसैको होइन म आफैंले उहाँलाई देख्नेछु । मेरो हृदय मभित्रै विह्वल बन्छ ।28 तपाईंहरूले यसो भन्नुहुन्छ भने, 'हामी उसलाई कसरी सताउँ ! उसको सङ्कष्टको जड ऊ आफै हो,'29 तब तरवारदेखि डराउनुहोस्, किनकि जान्नुहुनेछ ।"