14
राजाको हृदयमा अब्शालोमलाई भेट्ने इच्छा जागेछ भनी सरूयाहका छोरा योआबले बुझे ।2 योआबले तकोमा खबर पठाए र एउटा बुद्धिमानी स्त्रीलाई तिनीकहाँ ल्याउन लगाए । तिनले उनलाई भने, “कृपया तिमी शोकमा परेको बहाना गर र शोकको लुगा लगाऊ । आफूलाई तेल नलगाऊ, तर मरेको मानिसको निम्ति लामो समयदेखि शोकमा परेकी स्त्री जस्तो होऊ ।3 अनि राजाकहाँ जाऊ र तिनलाई मैले बताएको कुराको बारेमा बताऊ ।” यसरी उनले राजालाई भन्नुपर्ने कुरा योआबले उनलाई भने ।4 तकोकी ती स्त्रीले राजासँग कुरा गर्दा, उनले आफ्नो अनुहार भुईंमा घोप्टो पारिन् र भनिन्, “हे महाराजा, मलाई सहायता गर्नुहोस् ।5 राजाले उनलाई भने, “के खराबी भयो ?” उनले जवाफ दिइन्, “सत्य कुराचाहिँ म एउटी विधवा हुँ र मेरा पति मरिसकेका छन् ।6 म तपाईंको दासीका दुई जना छोरा थिए र तिनीहरू खेतमा एक-आपसमा झगडा गरे र तिनीहरूलाई छुटाउने त्यहाँ कोही पनि थिएन । एउटाले अर्कोलाई प्रहार गर्यो र त्यसलाई मार्यो ।7 सारा कुल नै तपाईंको दासीको विरुद्धमा उठेका छन् र तिनीहरू भन्छन्, ‘आफ्नो भाइलाई प्रहार गर्ने मानिसलाई हाम्रो हातमा सुम्प, ताकि त्यसले मारेको आफ्नो भाइको जीवनको निम्ति मूल्य चुकाउन हामी त्यसलाई मार्न सकौँ ।’ यसरी तिनीहरूले उत्तराधिकार पनि नष्ट पार्नेछन् । यसरी मैले छोडेको बलिरहेको भुङ्ग्रोलाई तिनीहरूले निभाउनेछन् र तिनीहरूले मेरो पतिको निम्ति पृथ्वीको सहतमा न नाम न त सन्तान नै छोड्नेछन् ।8 राजाले ती स्त्रीलाई भने, “आफ्नो घर जाऊ र तिम्रो निम्ति केही कुरा गर्न म आदेश दिनेछु ।9 तकोकी महिलाले राजालाई जवाफ दिइन्, “हे मेरो मालिक महाराजा, सारा दोष म र मेरो पिताको घरानामाथि परोस् । महाराजा र उहाँको सिंहासन दोषरहित होस् ।10 राजाले जवाफ दिए, “कसैले तिमीलाई कुनै कुरा भन्यो भने त्यसलाई मकहाँ लेऊ र त्यसले तिमीलाई फेरि छुनेछैन ।11 उनले भनिन्, “महाराजाले परमप्रभु आफ्ना परमेश्वरलाई सम्झनुभएको होस्, ताकि रगतको बदला लिनेले अब उसो नाश गर्नेछैन ताकि तिनीहरूले मेरो छोरालाई नाश गर्नेछैनन् । राजाले जवाफ दिए, “ जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिम्रो छोराको शिरको एउटा कपाल पनि भुईंमा खस्नेछैन ।12 अनि ती स्त्रीले भनिन्, “कृपया आफ्नो दासीलाई महाराजासँग अरू एउटा कुरा गर्न दिनुहोस् ।” तिनले भने, “भन ।13 त्यसैले ती स्त्रीले भनिन्, “तपाईंले परमेश्वरका मानिसहरूका विरुद्धमा किन यस्तो कुरा गर्नुभएको छ ? राजाले यसो भन्नुहुँदा उहाँ कुनै दोषी व्यक्ति जस्तै हुनुहुन्छ, किनभने राजाले आफ्नो निर्वासित छोरालाई फिर्ता ल्याउनुभएको छैन ।14 किनकि हामी सबै नै मर्नुपर्छ र हामी जमिनमा पोखिएको पानी जस्तै छौँ, जसलाई फेरि जम्मा पार्न सकिँदैन । तर परमेश्वरले जीवन लिनुहुनेछैन । बरु, उहाँले धपाइएकाहरूलाई पुनर्स्थापना गर्ने कुनै उपाय खोज्नुहुन्छ ।15 अब यो देखेर म मेरो मालिक राजासँग यो कुरा गर्न आएको छु, किनभने मानिसहरूले मलाई भयभीत तुल्याएका छन् । तपाईंको दासीले मनमनै भनिन्, ‘म अब महाराजासित कुरा गर्नेछु । शायद महाराजाले आफ्नो दासीको बिन्ती पूरा गरिदिनुहुनेछ ।16 शायद महाराजाले मेरो बिन्ती सुन्नुहुनेछ र परमेश्वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट म र मेरो छोरोलाई नष्ट पार्ने मानिसहरूको हातबाट मुक्त गर्नुहुनेछ ।’17 त्यसपछि तपाईंकी दासीले प्रार्थना गरिन्, ‘हे परमप्रभु, मेरो मालिक महाराजाका वचनले मलाई मुक्त गर्नुभएको होस्, किनकि मेरो मालिक असल र खराब छुट्याउनलाई परमश्वरको स्वर्गदूत जस्तै हुनुहुन्छ ।’ परमप्रभु तपाईंको परमेश्वर तपाईंसँग हुनुभएको होस् ।18 अनि राजाले जवाफ दिए र ती स्त्रीलाई भने, “मैले तिमीलाई सोध्ने कुनै पनि कुरा मबाट नलुकाऊ ।” ती स्त्रीले जवाफ दिइन्, “हे मेरा मालिक महाराजा भन्नुहोस् ।19 राजाले भने, “के यी सबै कुराको पछाडि योआबको हात छैन र ?” ती स्त्रीले जवाफ दिइन्, “ जस्तो तपाईं मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मेरो मालिक महाराजाले भन्नुभएको कुराबाट कोही पनि दाया वा बाँया लाग्न सक्दैन । तपाईंकी दासीले बोलेको यी कुराहरू भन्न मलाई आज्ञा गर्ने र बताउने तपाईंको दास योआब नै थिए ।20 तपाईंको दास योआबले जे भइरहेको छ त्यसको प्रवाहलाई परिवर्तन गर्न यसो गरेका हुन् । मेरो मालिक परमेश्वरको स्वर्गदूत जस्तै बुद्धिमान हुनुहुन्छ र मुलुकमा भइरहेका हरेक कुरा जान्नुहुन्छ ।21 राजाले योआबलाई भने, “हेर, म यो गर्नेछु । तब जाऊ र त्यो जवान अब्शालोमलाई फर्काएर ल्याऊ ।22 त्यसैले योआबले राजाप्रति आदर र कृतज्ञता प्रकट गर्न भुईंमा घोप्टो परे । योआबले भने, “राजाले आफ्नो दासको बिन्ती पूरा गर्नुभएकोमा मैले मेरा मालिक महाराजा तपाईंको दृष्टिमा निगाह पाएको छु भनी मैले आज थाहा पाएँ ।23 त्यसैले योआब उठे, गशूरमा गए र अब्शालोमलाई यरूशलेममा फिर्ता ल्याए ।24 राजाले भने, “ऊ आफ्नै गरमा फर्कोस्, तर उसले मेरो मुख हेर्न नआओस् ।” त्यसैले अब्शालोम आफ्नै घरमा गए तर राजाको मुख देखेनन् ।25 सारा इस्राएलमा नै आफ्नो सुन्दरताको निम्ति प्रशंसा गरिएको व्यक्ति अब्शालोम भन्दा अरू थिएन । तिनको शिरदेखि पाउसम्म नै तिनमा कुनै खोट थिएन ।26 जब तिनले हरेक वर्षको अन्तमा गह्रौँ भएको हुनाले आफ्नो कपाल काट्थे, तब तिनले आफ्नो कपाल तौलन्थे । यो लगभग दुई सय शेकेल हुन्थो, जसलाई राजाको मानकअनुसारको तौलद्वारा नापिन्थ्यो ।27 अब्शालोमका तीन छोरा र एक छोरी थिए, जसको नाउँ तामार थियो । तिनी सुन्दरी महिला थिइन ।28 अब्शालोम राजाको मुख नहेरिकन नै पूरा दुई वर्ष यरूशलेममा बसे ।29 त्यसपछि अब्शालोमले आफूलाई राजाकहाँ पठाउनलाई योआबलाई बोलाए, तर योआब तिनीकहाँ आएनन् । यसैले अब्शालोमले दोस्रो पटक खबर पठाए, तर योआब अझै आएनन् ।30 त्यसैले अब्शालोमले आफ्ना सेवकहरूलाई भने, “हेर, योआबको खेत मेरो खतको छेउमै छ र त्यहाँ उसको जौ छ । जाऊ र त्यसलाई आगो लगाइदेऊ ।” अनि अब्शालोमका सेवकहरूले त्यो खेतमा आगो लगाइदिए ।31 अनि योआब उठे र अब्शालोमको घरमा तिनीकहाँ आए र तिनलाई भने, “तिम्रा सेवकहरूले मेरो खेतमा किन आगो लगाइदिएका छन् ?32 अब्शालोमले योआबलाई जवाफ दिए, “हेर, मैले तिमीकहाँ यसो भनेर खबर पठाएँ, ‘यहाँ आऊ, ताकि तिमीलाई राजाकहाँ म यसो भन्नलाई पठाउन सकूँ, “म गशूरबाट किन आएँ ? मलाई त अझै त्यहाँ हुनु नै असल हुन्छ । यसकारण अब म राजाको मुख हेर्न पाऊँ र म दोषी छु भने तिनले नै मलाई मारून्” ।’ ।33 त्यसैले योआब राजाकहाँ गए र तिनलाई भने । जब राजाले अब्शालोमलाई बोलाए, तब तिनी राजाकहाँ आए र राजाको सामु भुईंमा निहुरिए र राजाले अब्शालोमलाई चुम्बन गरे ।