2
यसपछि दाऊदले परमप्रभुलाई सोधे र भने, “के म यहूदाका सहरमध्‍ये कुनै एउटामा जाऊँ ?” परमप्रभुले तिनलाई जवाफ दिनुभयो, “उक्लेर जा ।” दाऊदले भने, “म कुन सहरमा जाऊँ ?” परमप्रभुले जवाफ दिनुभयो, “हेब्रोनमा जा ।2 त्‍यसैले दाऊद तिनकी दुई पत्‍नीहरू यिजरेली अहीनोम र नाबालकी विधवा कर्मेली अबीगेलसहित माथि गए ।3 दाऊदले आफूसँग भएका मानिसहरूलाई हेब्रोनमा ल्याए र तिनीहरू हरेकले आ-आफ्‍नो परिवारहरू ल्याए, जहाँ तिनीहरू बसोबास गर्न थाले ।4 त्‍यसपछि यहूदाका मानिसहरू आए र दाऊदलाई यहूदाको राजा अभिषेक गरे । तिनीहरूले दाऊदलाई भने, “याबेश- गिलादका मानिसहरूले शाऊलको दफन गरे ।5 त्‍यसैले दाऊदले याबेश-गिलादमा दूतहरू पठाए र तिनीहरूलाई भने, “तिमीहरूलाई परमप्रभुले आशिष् दिनुभएको होस्, किनभने तिमीहरूले आफ्ना मालिक शाऊलप्रति यो बफादारीता देखाएका छौ र उनको दफन गरेका छौ ।6 अब परमप्रभुले तिमीहरूलाई करारको बफादारीता र विश्‍वसनीयता प्रकट गर्नुभएको होस् । म पनि तिमीहरूको भलो गर्नेछु किनभने तिमीहरूले यो काम गरेका छौ ।7 अब उप्रान्‍त, तिमीहरूको हात बलियो पार । साहसी होओ किनकि तिमीहरूका मालिक शाऊल मरेका छन् र यहूदाका घरानाले मलाई आफ्‍ना राजा अभिषेक गरेका छन् ।8 तर शाऊलका फौजका कमाण्‍डरले नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्‍बोशेतलाई लिए र महनोममा ल्याए ।9 उनले ईश्‍बोशेतलाई गिलाद, आशेर, यिजरेल, एफ्राइम, बेन्‍यामीन र सारा इस्राएलमाथि राजा बनाए ।10 शाऊलका छोरा ईश्‍बोशेतले इस्राएलमाथि शासन गर्न सुरु गर्दा तिनी चालीस वर्षका थिए, र तिनले दुई वर्ष राज्‍य गरे । तर यहूदाको घरानाले दाऊदलाई नै पछ्याए ।11 दाऊद हेब्रोनमा यहूदाको घरानाको राजा भएका समय सात वर्ष छ महिना थियो ।12 नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्‍बोशेतका सेवकहरू महनोमबाट गिबोनमा गए ।13 सरूयाहका छोरा योआब र दाऊदका सेवकहरू निस्के र तिनीहरूलाई गिबोनको तलाउनेर भेटे । त्‍यहाँ तिनीहरू एक समूह तलाउको एक छेउमा र अर्को समूह अर्को छेउमा बसे ।14 अबनेरले योआबलाई भने, “जवान मानिसहरू उठून् र हाम्रो सामुन्‍ने प्रतिस्पर्धा गरून् ।” योआबले भने, “तिनीहरू उठून् ।15 त्‍यसपछि जवान मानिसहरू उठे र बेन्‍यामीन र शाऊलका छोरा ईश्‍बोशेतका निम्ति बाह्र जना र दाऊदका निम्ति बाह्र जना सँगै भेला भए ।16 हरेकले आ-आफ्‍नो प्रतिद्वन्‍द्वीलाई टाउकोमा समात्‍यो र आ-आफ्‍नो प्रतिद्वन्‍द्वीको कोखामा आ-आफ्‍नो तरवारले रोपे र तिनीहरू एकसाथ भुईंमा ढले । यसकारण, त्‍यस ठाउँलाई “हल्कत-हज्‍जुरीम” वा “तरवाको मैदान” भनियो जुन गिबोन हो ।17 त्‍यस दिन घमासान लडाइँ भयो र अबनेर र इस्राएलका मानिसहरू दाऊदका सेवकहरूको सामुन्‍ने परास्‍त भए ।18 सरूयाहका छोराहरू योआब, अबीशै र असाहेल थिए । असाहेल हरिण जत्तिकै छिटो दौडन सक्‍ने व्यक्ति थिए ।19 असाहेलले नजिकबाट अबनेरलाई खेदे र तिनी दाहिने-देब्रे कतै नलागी खेदे ।20 अबनेरले तिनलाई पछाडि हेरे र भने, “के तिमी असाहेल हौ ?” तिनले भने, “हो, म हुँ ।21 अबनेरले तिनलाई भने, “दाहिने वा देब्रेतिर लाग, जवान मानिसहरूमध्‍ये एक जनालाई समातेर त्‍यसको हतियार लेऊ ।” तर असाहेल यताउता फर्केनन् ।22 त्‍यसैले अबनेरले असाहेललाई फेरि भने, “मलाई खेद्‍न छोडिदेऊ । मैले तिमीलाई किन मारेर भुईंमा ढाल्ने ? त्‍यसपछि मैले तिम्रो दाजु योआबकहाँ मेरो अनुहार कसरी देखाउनु ?23 तर असाहेलले तर्केर जान इन्कार गरे, र त्‍यसैले अबनेरले तिनलाई आफनो भालाको टुप्‍पोले शरीरमा रोपे, र भाला अर्कोपट्टि निस्क्यो । असाहेल ढले र त्‍यहीँ नै मरे । त्‍यसैले असाहेल ढलेर मरेका ठाउँमा आउने जो आउँथ्यो त्‍यो रोकिन्‍थ्यो र खडा हुन्‍थ्यो ।24 तर योआब र अबीशैले अबनेरलाई खेदिरहे । जब घाम डुब्‍न गइरहेको थियो, तिनीहरू अम्मा डाँडामा आइपुगे, जुन गिबोनको उजाडस्थान जाने बाटोको नजिक गीहनेर पर्छ ।25 बेन्‍यामीनका मानिसहरू सबै अबनेरको पछाडि भेला भए र डाँडाको टाकुरामा खडा भए ।26 त्‍यसपछि अबनेरले कराएर योआबलाई भने, “के सधैँ तरवारले नाश गर्नै पर्छ ? के त्‍यो अन्‍तमा तीतो हुन्‍छ भनी तिमी जान्‍दैनौ ? तिम्रा मानिसहरूलाई तिमीले आफ्‍ना दाजुभाइलाई खेद्‍न छोड भन्‍नु भन्‍दा पहिले कति लामो समय हुनेछ ?27 योआबले जवाफ दिए, “ जस्‍तो परमेश्‍वर जीवित हुनुहुन्‍छ, तिमीले त्‍यसो नभनेको भए मेरा सिपाहीहरूले आफ्ना दाजुभाइलाई बिहानसम्म नै खेद्‍ने थिए ।28 त्‍यसैले योआबले तुरही फुके र तिनका सबै मानिसहरू रोकिए र फेरि इस्राएललाई खेदेनन् नत तिनीहरूले फेरि युद्ध गरे ।29 अबनेर र तिनका मानिसहरूले अराबा हुँदै रातभरि यात्रा गरे । तिनीहरू यर्दन तरे, भोलि बिहानभरि हिँडे र त्‍यसपछि महनोममा पुगे ।30 योआब अबनेरलाई लखेट्न छाडेर फर्के । तिनले आफ्ना सबै मानिसलाई भेला पारे जसमा असाहेल र दाऊदका उन्‍नाइस जना सिपाही मात्र भेट्टाइएनन् ।31 तर दाऊदका मानिसहरूले अबनेरसँग भएका 360 जना मानिसलाई मारेका थिए ।32 त्‍यसपछि तिनीहरूले असाहेललाई लिए र तिनका बुबाको चिहानमा गाडे, जुन बेथलेहेममा थियो । योआब र तिनका मानिसहरूले रातभरि यात्रा गरे र झिसमिसेमा हेब्रोन पुगे ।