15
यहूदाका मानिसहरूको कुलको निम्ति कुल-कुलअनुसार भू-भागको भाग सूदूर दक्षिणतिरको चोसो हुँदै जीनको मरुभूमिसँगै एदोमको सिमानाको दक्षिणसम्म थियो ।2 दक्षिणतिरको सिमाना खारा समुद्रदेखि दक्षिणी मोहडाको खाडीसम्म जान्‍छ ।3 तिनीहरूको सिमाना अक्रब्बीमको डाँडाको दक्षिण हुँदै जीनतिर जान्‍थ्यो, र कादेश-बर्नेको दक्षिणतिर हेस्रोनसँगै अद्दारसम्म जान्‍थ्यो, जहाँ यो कर्कातिर घुमेको थियो ।4 यो अज्मोन हुँदै मिश्रको खोलासम्म र समुद्रको अन्‍तसम्म आयो । यो तिनीहरूको दक्षिणी सिमाना थियो ।5 पूर्वी सिमाना यर्दनको मुखमा खारा समुद्र थियो । उत्तरतिरको सिमाना यर्दनको मुखमा भएको समुद्रको खाडीबाट जान्‍थ्यो ।6 यो बेथ-अराबालाई छिचलेर बेथहोग्लातिर गयो । त्‍यसपछि यो रूबेनका छोरा बोहनको ढुङ्‌गातिर माथि जान्‍थ्यो ।7 त्‍यसपछि सिमाना आकोरको बेँसीबाट दबीरतिर माथि लाग्यो, र यस्तै उत्तरतिर, गिलगालतिर मोडिएर, जुन अदुम्‍मीमको डाँडाको सामुन्‍ने छ, जुन बेँसीको दक्षिणपट्टि छ । त्‍यो सिमाना एम-शेमेशको पानीका मूलहरू हुँदै एन-रिगेलतिर गयो ।8 अनि त्‍यो सिमाना यबूसी (त्‍यो भनेको यरूशलेम हो) सहरको दक्षिणतिरको बेन-हिन्‍नोमको बेँसीतिर माथि निस्क्यो । यो हिन्‍नोमको बेँसीमाथि पर्ने डाँडाको टुप्‍पोसम्म निस्क्यो, पश्‍चिममा, जुन रपाईको बेँसीको उत्तरतिरको छेउमा छ ।9 त्‍यसपछि सिमाना नेप्‍तोहको पानीको मुहानतिरको डाँडाको चुचुरोदेखि, र त्‍यहाँबाट एप्रोन पहाडका सहरहरू निस्क्यो ।10 सिमाना बालातिर (किर्यत-यारीम हो) मोडिन्‍छ । त्‍यसपछि सिमानाबालाको पश्‍चिमबाट सेइर पहाडसम्म घेरा लगायो, र उत्तरतिर यारीम पहाडको (यसलाई कसालोन भनिन्‍छ) छेउ हुँदै बेथ-शेमेशतिर ओरालो झरेर तिम्‍ना पार गर्‍यो ।11 सिमाना एक्रोनको उत्तरी डाँडाको किनारा निस्‍क्यो र यो शिक्‍‍करोनतिर मोडिन्‍छ अनि बाला पहाड हुँदै, यो त्‍यहाँबाट यब्‍नेलतिर गयो । त्‍यो सिमाना समुद्रमा टुङ्‌गियो ।12 पश्‍चिमी सिमाना महासमुद्र र यसको किनारा थियो । यो यहूदा वंशको कुल-कुलअनुसारको सिमाना हो ।13 परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञामुताबिक यहोशूले यपून्‍नेका छोरा कालेबलाई किर्यत-अर्बा अर्थात् हेब्रोन (अर्बा अनाकका पिता थिए) यहूदाको कुलको माझ भू-भाग दिए ।14 कालेबले त्‍यहाँबाट तीन जना अनाकका छोरालाई धपाएः शेशै, अहीमान र तल्मै जो अनाकका सन्‍तानहरू थिए ।15 त्‍यहाँबाट तिनी दबीरका सन्‍तानहरूलाई (दबीरलाई किर्यत-सेपेर भनिन्‍थ्यो) आक्रमण गर्न गए ।16 कालेबले भने, “जुन मानिसले किर्यत-सेपेर आक्रमण गर्छ र यसलाई कब्जा गर्छ, त्‍यसलाई म मेरो छोरी अक्सालाई पत्‍नीको रूपमा दिनेछु ।17 जब कालेबका भाइ कनजका छोरा ओत्‍निएलले यसलाई कब्जा गरे, कालेबले तिनलाई तिनकी छोरी अक्सा पत्‍नीको रूपमा दिए ।18 त्‍यसपछि चाँडै अक्सा ओत्‍निएलकहाँ आइन् र उनले तिनलाई आफ्‍नो बुबासँग खेत माग्‍न आग्रह गरिन् । जब तिनी आफ्‍नो गधाबाट ओर्लिन्, कालेबले तिनलाई भने, “तिमी के चाहन्‍छ्यौ?19 अक्साले जवाफ दिइन्, “मलाई विशेष कृपा गर्नुहोस्, किनभने तपाईंले मलाई नेगेवको भू-भाग दिनुभएको छ, मलाई पानीका मुहानहरू पनि दिनुहोस् ।” अनि कालेबले तिनलाई पानीका माथिल्लो र तल्‍लो मुहानहरू दिए ।20 कुल-कुलअनुसार यहूदा वंशका उत्तराधिकार यही थियो ।21 यहूदा कुलको अधीनमा रहेका सुदूर दक्षिणका सहरहरू एदोमको सिमानातिर यी नै थिएः कब्सेल, एदेर, यागूर,22 कीना, दीमोना, अदाद,23 केदेश, हासोर, यित्‍नान,24 जीप, तेलेम, बालोत,25 हासोरहादत्ता, किर्योत-हेस्रोन (जुन हासोर हो),26 अमाम, शेमा, मोलादा,27 हसर-गद्दा, हेश्‍मोन, बेथ-पालेत,28 हसर-शूआल, बेर्शेबा, बिज्‍योत्‍या ।29 बाला, ईम, एसेम,30 एल्तोलद, कसील, होर्मा,31 सिक्लग, मद्‌मन्‍न, सन्‍सन्‍ना,32 लबाओत, शिल्हीम, ऐन, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्‍तीस सहर थिए ।33 पश्‍चिमतिरको तल्‍लो पहाडी देशमा, एश्‍तोल, सोरा, अश्‍ना,34 जानोह, एनगन्‍नीम, तप्‍पूह, एनाम,35 यर्मूत, अदूल्लाम, सोको, आजेका,36 शारैम, अदीतैम, र गदेरा (अर्थात् गदेरोतेम) । यिनीहरू तिनीहरूका गाउँहरूसहित चौध सहर थिए ।37 सनान, हदाशा, मिग्‍दलाद,38 दिलान, मिस्पा, योक्‍तेल,39 लाकीश, बोस्कत, एग्लोन,40 कोब्‍बन, लहमास, कितलीश,41 गदेरोत, बेथ-दागोन, नामा, मक्‍केदा । यिनीहरू तिनीहरूका गाउँहरूसहित सोह्र वटा थिए ।42 लिब्‍ना, एतेर, आशान,43 यिप्‍ताह, अश्‍ना, नसीब,44 कीलाह, अक्जीब, मारेशा । यिनीहरूका गाउँहरूसहित नौ वटा सहर थिए ।45 यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन;46 एक्रोनदेखि महासमुद्रसम्म, तिनीहरूका गाउँहरूसहित अश्दोद नजिकका सबै बस्ती ।47 अश्‍दोद, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू, गाजा, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू; मिश्रको खोलासम्म, र यसको किनारासँगै महासमुद्रसम्म ।48 पहाडी देशमा, शामीर, यत्तीर, सोको,49 दन्‍ना, किर्यत-सन्‍ना (अर्थात् दबीर),50 अनाब, एश्तमोह, अनीम,51 गोशेन, होलोन, गीलोह । यिनीहरू तिनीहरूका गाउँहरूसहितका एघार सहरहरू थिए ।52 अरब, दुमा, एशान,53 यानूम, बेथ-तप्‍पूह, अपेका,54 हुम्ता, किर्यत-अर्बा (अर्थात् हेब्रोन), र सीओर । यिनीहरू तिनीहरूका गाउँहरूसहितका नौ वटा नगरहरू हुन् ।55 माओन, कर्मेल, जीप, युक्‍ता,56 यिजरेल, योक्दाम, जानोह,57 कैन, गिबा र तिम्‍ना । यिनीहरू तिनीहरूका गाउँहरूसहित दश वटा सहर थिए ।58 हलहूल, बेथ-सर, गदोर,59 मारात, बेथ-अनोत र एल्तकोन । यिनीहरू तिनीहरूका गाउँहरूसहित छ वटा सहर थिए ।60 किर्यत-बाल (अर्थात् किर्यत-यारीम), र रब्‍बा । यिनीहरू तिनीहरूका सहरहरूसहित दुई वटा सहर थिए ।61 मरुभूमिमा त्‍यहाँ बेथ-अराबा, मिद्दीन, सकाका,62 निब्शान, नूनको सहर र एन-गदी थिए । यिनीहरू तिनीहरूका सहरहरूसहित छ वटा सहर थिए ।63 तर यबूसीहरू अर्थात् यरूशलेमका बासिन्‍दाहरूको सवालमा यहूदाका कुलले तिनीहरूलाई धपाउन सकेनन्, त्‍यसैले आजको दिनसम्म पनि यबूसीहरू यहूदाको कुलको माझमा बस्छन् ।