23
बालामले बालाकलाई भने, “यहाँ मेरो निम्ति सात वटा वेदी निर्माण गर्नुहोस्, र सात वटा साँढे र सात वटा भेडा तयार पार्नुहोस् ।2 बालाकले बालामले भने जस्तै गरे । अनि बालाक र बालामले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।3 अनि बालामले बालाकलाई भने, “तपाईं आफ्नो बलिदानको छेउमा खडा हुनुहोस् र म जानेछु । शायद परमप्रभु मलाई भेट्न आउनुहुनेछ । उहाँले मलाई जे देखाउनुहुन्छ, सो म गर्नेछु ।” त्यसैले तिनी कुनै रूख नभएको पहडाको चुचुरोतिर गए ।4 तिनी पहाडको टुप्पोमा हुँदा परमेश्वरले तिनलाई भेट्नुभयो र बालामले उहाँलाई भने, “मैले सात वटा वेदी बनाएको छु र मैले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाएको छु ।5 परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो र भन्नुभयो, “बालाककहाँ फर्केर जा र त्यसलाई भन् ।6 त्यसैले बालाम बालाककहाँ फर्के, जो आफ्नो बलिदानको छेउमा उभिरहेका थिए र मोआबका सबै अगुवा तिनीसँग थिए ।7 बालामले अगमवाणी कहन थाले र भने, “मोआबका राजा बालाकले मलाई पूर्वका पहाडहरूबाट अर्थात् अरामबाट ल्याएका छन् । तिनले भने, ‘आउनुहोस् मेरो निम्ति याकूबलाई सराप दिनुहोस् । आउनुहोस्, इस्राएललाई धम्की दिनुहोस् ।’8 परमेश्वरले नै सराप नदिनुभएकालाई मैले कसरी सराप दिन सक्छु ? परमप्रभुले नै विरोध नगर्नुभएकाहरूलाई मैले कसरी विरोध गर्न सक्छु ?9 म तिनलाई पहाडको चुचुरोबाट देख्छु; म तिनलाई पहाडबाट हेर्छु । हेर्नुहोस्, एक्लै बस्ने मानिसहरू र आफूलाई साधारण जातिको रूपमा ठान्दैनन् ।10 याकूबको धूलोलाई वा इस्राएलको एक चौथाइलाई मात्र पनि कसले गन्न सक्छ ? मेरो मरण धार्मिक व्यक्तिको जस्तो होस् र मेरो जीवन त्यसको जस्तै होस् !11 बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभएको ? मेरा शत्रुहरूलाई सराप दिनुहोस् भनी मैले तपाईंलाई ल्याएँ, तर हेर्नुहोस्, तपाईंले त तिनीहरूलाई आशिष् दिनुभयो ।12 बालामले जवाफ दिए र भने, “के परमप्रभुले मेरो मुखमा जे हाल्नुहुन्छ सो मात्र भन्न म सावधान हुनुपर्दैन र ?13 बालाकले तिनलाई भने, “कृपया मसँग अर्को ठाउँमा आउनुहोस् जहाँबाट तपाईंले तिनीहरूलाई देख्न सक्नुहुन्छ । तपाईंले तिनीहरूलाई नजिकको मात्र देख्नुहुनेछ, तर तिनीहरू सबैलाई देख्नुहुनेछैन । तपाईंले तिनीहरूलाई त्यहाँबाट सराप दिनुहुनेछ ।14 त्यसैले तिनले बालामलाई सोफीमको मैदानमा भएको पिसगाको टाकुरामा लगे, र अरू सात वटा वेदी बनाए । तिनले हरेकमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।15 त्यसपछि बालामले बालाकलाई भने, “यहीँ नै तपाईंको बलिदानको छेउमा उभिनुहोस्, म परमप्रभुलाई भेट्न जान्छु ।16 त्यसैले परमप्रभुले बालामलाई भेट्नुभयो र तिनको मुखमा सन्देश हालिदिनुभयो । तिनले भने, “बालाककहाँ जा र तिनलाई मेरो सन्देश दे ।17 बालाम तिनीकहाँ फर्केर आए र तिनी आफ्नो होमबलिको छेउमा उभिरहेका थिए र मोआबका अगुवाहरू तिनीसँग थिए । अनि बालाकले तिनलाई भने, “परमप्रभुले के भन्नुभयो ?18 बालामले अगमवाणी गर्न थाले, “उठ् बालाक र सुन् । हे सिप्पोरका छोरा मेरो कुरा सुन् ।19 परमेश्वर मानिस वा मानव हुनुहुन्न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस् । के उहाँले पूरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ ? के उहाँले कुनै गर्छु भनेर पूरा गर्नुभएको छैन र ?20 हेर्नुहोस्, आशिष् दिने आज्ञा मलाई दिइएको छ । परमेश्वरले आशिष् दिनुभएको छ र म यसलाई उल्टाउन सक्दिनँ ।21 उहाँले याकूबसँग कुनै कठिनाइ वा इस्राएलमा कुनै कष्ट देख्नुभएको छैन । परमप्रभु तिनीहरूका परमेश्वर तिनीहरूसँग हुनुहुन्छ र तिनीहरूका राजाको जय-ध्वनि तिनीहरूमाझ छ ।22 परमेश्वरले तिनीहरूलाई जङ्गली गोरुको जस्तै शक्तिले मिश्रबाट ल्याउनुभयो ।23 याकूब विरुद्ध कुनै टुनामुनाले काम गर्दैन र इस्राएललाई कुनै जोखनाले हानि पुर्याउँदैन । बरु, याकूब र इस्राएलबारे यसो भन्नुपर्छ, ‘हेर, परमेश्वरले के गर्नुभएको छ !’24 हेर, मानिसहरू सिंहनी जस्तै उठ्छन्, सिंह जस्तै उठ्छन् र आक्रमण गर्छन् । त्यो आफ्नो सिकारलाई नखाएसम्म र त्यसले मारेको सिकारको रगत नपिएसम्म आराम गर्दैन ।25 त्यसपछि बालाकले बालामलाई भने, “तिनीहरूलाई सराप नदिनुहोस् वा आशिष् पनि नदिनुहोस् ।26 तर बालामले जवाफ दिए र भने, “के परमप्रभुले भन्नलाई बताउनुभएको कुरा मात्र मैले भन्नुपर्छ भनी मैले भनेको थिइनँ र ?27 त्यसैले बालाकले बालामलाई जावाफ दिए, “अब आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजान्छु । शायद त्यहाँबाट मेरो निम्ति तिनीहरूलाई सराप दिन परमेश्वरले इच्छा गर्नुहुनेछ ।28 त्यसैले बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट तल मरुभूमि देखिन्छ ।29 बालामले बालाकलाई भने, “यहाँ सात वटा वेदी बनाउनुहोस् अनि सात वटा साँढे र भेडा तयार पार्नुहोस् ।30 बालाकले बालामले भनेबमोजिम गरे; तिनले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।